Breaking 
‘दिल्लीले पनि मधेसलाई काठमाडौँकै आँखाले हेर्दै आएकोमा वक्ताहरुको असन्तुष्टी’ | कक्षा १२को नयाँ परीक्षा तालिका सार्वजनिक, अब वैशाख २१गतेदेखि हुने | घुस सहित पक्राउ परेका पोखरा महानगरका कर्मचारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर | चाबी बोकेर काठमाडौं आउन विद्यालय कर्मचारीलाई निर्देशन | कर्मचारी ट्रेड युनियनको १० बुँदे माग, ७२ घण्टे अल्टिमेटम | गभर्नर सिफारिस समितिका सदस्य विजयनाथ भट्टराईद्वारा राजीनामा | छोराछोरी सहित आमाले गरे विषसेवन, ३ को मृत्यु | गंगासागरमा निर्माण कार्य रोकिएपछि निति आयोगका उपाध्यक्ष सोहन साहले सामाजिक सञ्जालमा लामो स्टेट्स लेखे, जो जसले राम नारायण मिश्रको स्मारकको विरोध गर्नु भएको छ इमानदारीको साथ यही मापदण्ड अनुसार जनकपुरको सबै पोखरीमा नियम लागू गर्नु पर्ने हिम्मत देखाउनु पर्यो | दुई दिनअघि मधेसको मिडिया काउन्सिलको अध्यक्षमा नियुक्त भएका कमलकुमार उपाध्यायविरुद्ध विशेष अदालतमा मुद्दा दायर | रुसी राष्ट्रपति पुटिनले पहिलो पटक युक्रेनलाई दिए शान्ति वार्ताको प्रस्ताव |

मधेसका मुख्यमन्त्रीले सार्वजनिक गरे सय दिनमा गरिएका कामको विवरण

काम कम लक्ष्य बढी





जनकपुरधाम ।
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सय दिनको अवधिमा गरेका कामहरुको विवरण सार्वजनिक गरेका छन् । एक हिसाबले मुख्यमन्त्री सिंह नेतृत्वको मधेस सरकारले सय दिनको अवधिमा गरेका कामहरुको प्रगति विवरण सावर्जनिक गरिएको हो । मुख्यमन्त्री सिंहले सार्वजनिक गरेको प्रगति विवरणमा काम कम लक्ष्य बढि उल्लेख गरिएको छ ।
मुख्यमन्त्री सिंहले सार्वजनिक गरेको कामको विवरणमा काम कम लक्ष्य बढी उल्लेख गरिएको छ । मुख्यमन्त्री सिंहले सार्वजनिक गरेको सय दिनको कामको विवरणमा मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्यय्न अध्यापनका लागि ५० सीटको स्वीकृति, निति तथा कार्यक्रम तयार, विनियोजन विधेयक तयार तथा पारित, मन्त्रीहरुसंग कार्यसम्पादन करार सम्झौता, लोकसेवा आयोगमा रिक्त अध्यक्ष तथा सदस्य पदको नियुक्ति, कर्मचारी सरुवा व्यवस्थापन उल्लेख गरेका छन् ।
यसका साथै प्रदेशसभामा बसेको २९ बैठक, प्रदेशसभाबाट पारित भएका प्रदेश खेलकुद विकास सम्बन्धमा बनेको विधेयक, स्थानीय सेवाको गठन, सञ्चालन र सेवा शर्तका सम्बन्धमा बनेको विधेयक पारित हुनुलाई समेत कामको विवरणमा समावेश गरिएको छ ।
मुख्यमन्त्री सिंहले आफ्नो सय दिने कामको विवरणमा मन्त्रीपरिषदले प्र्रदेशसभा सचिवालय सम्बन्धी –पहिलो संशोधन) ऐन र प्रदेश बिउविजन विधेयकलाई प्रदेशसभामा पठाउन दिइएको स्वीकृृतिलाई समेत समावेश गरिएको छ ।
यसका अतिरिक्त मुख्यमन्त्री सिंहले सार्वजनिक गरेको सय दिने कामको विवरणमा अधिकांश लक्ष्य तथा योजनाहरु मात्रै उल्लेख गरिएको छ ।