Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मधेसका मुख्यमन्त्रीले सार्वजनिक गरे सय दिनमा गरिएका कामको विवरण

काम कम लक्ष्य बढी





जनकपुरधाम ।
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सय दिनको अवधिमा गरेका कामहरुको विवरण सार्वजनिक गरेका छन् । एक हिसाबले मुख्यमन्त्री सिंह नेतृत्वको मधेस सरकारले सय दिनको अवधिमा गरेका कामहरुको प्रगति विवरण सावर्जनिक गरिएको हो । मुख्यमन्त्री सिंहले सार्वजनिक गरेको प्रगति विवरणमा काम कम लक्ष्य बढि उल्लेख गरिएको छ ।
मुख्यमन्त्री सिंहले सार्वजनिक गरेको कामको विवरणमा काम कम लक्ष्य बढी उल्लेख गरिएको छ । मुख्यमन्त्री सिंहले सार्वजनिक गरेको सय दिनको कामको विवरणमा मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्यय्न अध्यापनका लागि ५० सीटको स्वीकृति, निति तथा कार्यक्रम तयार, विनियोजन विधेयक तयार तथा पारित, मन्त्रीहरुसंग कार्यसम्पादन करार सम्झौता, लोकसेवा आयोगमा रिक्त अध्यक्ष तथा सदस्य पदको नियुक्ति, कर्मचारी सरुवा व्यवस्थापन उल्लेख गरेका छन् ।
यसका साथै प्रदेशसभामा बसेको २९ बैठक, प्रदेशसभाबाट पारित भएका प्रदेश खेलकुद विकास सम्बन्धमा बनेको विधेयक, स्थानीय सेवाको गठन, सञ्चालन र सेवा शर्तका सम्बन्धमा बनेको विधेयक पारित हुनुलाई समेत कामको विवरणमा समावेश गरिएको छ ।
मुख्यमन्त्री सिंहले आफ्नो सय दिने कामको विवरणमा मन्त्रीपरिषदले प्र्रदेशसभा सचिवालय सम्बन्धी –पहिलो संशोधन) ऐन र प्रदेश बिउविजन विधेयकलाई प्रदेशसभामा पठाउन दिइएको स्वीकृृतिलाई समेत समावेश गरिएको छ ।
यसका अतिरिक्त मुख्यमन्त्री सिंहले सार्वजनिक गरेको सय दिने कामको विवरणमा अधिकांश लक्ष्य तथा योजनाहरु मात्रै उल्लेख गरिएको छ ।