Breaking 
शिक्षासेवी अग्रवाललाई राजर्षि जनक विश्वविद्यालयको सभा सदस्यमा नियुक्त | एमालेको पोलिटब्युरो बैठकमा परिमार्जित विधानको मस्यौदा पेश, शनिबारसम्मका लागि बैठक स्थगित | नेपालमा टेलिग्राम एप बन्द | साउन २१ भित्र शिक्षा ऐन जारी गर्न सरकारलाई शिक्षक महासंघको अल्टिमेटम | एकीकृत समाजवादी र वामदेव गौतम नेतृत्वको नेकपा एकताबीच एकता घोषणा | सिरहाको सुखीपुर नगरपालिकाबाट ७ सय किलो बढी गाँजा बरामद | संघीय लोकतान्त्रिक मोर्चाले सातै प्रदेशमा अन्तरक्रिया गर्ने | अफताब आलमलाई सफाइ दिने फैसलाविरुद्धको मुद्दा सर्वोच्चमा पुग्यो | भारतीय क्रिकेटर मोहम्मद सामीकी पत्नीविरुद्ध हत्या प्रयासको आरोप | ज्ञानेन्द्र शाही र कुलमान घिसिङलाई न्युयोर्कमा ‘ग्लोबल हिरो अवार्ड’ |

आईसीसी लिग २ अन्तर्गत नेपाल–ओमानबिचको खेल वर्षाका कारण रद्द





काठमाडौं ।
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल र ओमानबीचको खेल वर्षाका कारण रद्द भएको छ ।
क्यानडाको किङसिटीमा गए राति ८ः४५ बजेदेखि हुने भनिएको उक्त खेल लगातार पानी परेपछि टससमेत हुन सकेन । खेल रद्द भएसँगै दुवै टोलीले समान १–१ अङ्क बाँडेका छन् ।
क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले त्रिकोणात्मक शृङ्खलाअन्तर्गत नेपालले चौथो खेल खेल्ने थियो । शृङ्खलाको पहिलो खेलमा क्यानडासँग एक सय तीन रनको फराकिलो अन्तरले पराजित नेपालले दोस्रो खेलमा ओमानसँग एक विकेटको हार बेहोरेको थियो । त्यस्तै तेस्रो खेलमा क्यानडासँग पाँच विकेटले पराजित भएको थियो ।
लिग–२ को अङ्क तालिकामा नेपाल आठ खेलपछि तीन अङ्कका साथ सातौ स्थानमा छ भने ओमान भने सात खेलमा छ अङ्कका साथ छैटौं स्थानमा छ । उक्त एकदिवसीय शृङ्खलापछि अब नेपालले क्यानडामै आयोजना हुने क्यानडा र ओमान सम्मिलित त्रिकोणात्मक टी–२० शृङ्खला खेल्नेछ ।