Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

धनुषाको लक्ष्मीनिया गाउँपालिकाको दुरावस्था

एक हाकिमले विदा दिन्छ, अर्कोले कार्यालयमा आउन सूचना जारी गर्छन्





सुजीतकुमार झा ।
जनकपुरधाम
धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिकाको दुरावस्था देख्न लायकको छ । दूई प्रमुख प्रशाकीय अधिकृत भएपछि एकले एउटा सूचना जारी गर्छन भने अर्कोले अर्कै । एकैपटक दूई भावनाको सूचना जारी गरेपछि कर्मचारी र सेवाग्राही समस्यामा परेका छन् ।
जितिया पर्वको अवसरमा मंगलवार प्रमुख प्रशासकीय अधिकृत सर्वजीतकुमार झाले विदा दिइएको सूचना जारी गरेका छन् भने अर्का प्रमुख प्रशासकीय अधिकृत यमबहादुर उपरकोटीले मंगलवार विदा नरहेको भन्दै सबै कर्मचारीलाई उपस्थितिकालाािग सूचना निकालेका छन् ।
झाले जारी गरेको सूचनामा मंगलवार सामुदायिक तथा संस्थागत विद्यालयका साथै गाउँपालिका मातहतका वडा कार्यालय समेत कार्यालयमा कार्यरत सम्पूर्ण महिला शिक्षक, स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई विदा दिइएको उल्लेख छ ।
अर्का प्रशासकीय अधिकृत उपरकोटीले मंगलवार विदा नरहेकाले यस पालिका अन्तर्गत सम्पूर्ण कार्यालयहरुमा महिला कर्मचारीहरुको अनिवार्य उपस्थितिका लागि सूचना प्रकाशित गरेका छन् ।
लक्ष्मीनिया गाउँपालिकाका अध्यक्ष भोगेन्द्र मिश्र उपरकोटीलाई जसरी पनि राख्नु पर्छ पक्षमा रहेका कारण विवाद सृजना भएको हो । सामान्य प्रशासन मन्त्रालयले भदौ १२ गते झालाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा लक्ष्मीनियामा सरुवा गरेको थियो । सरुवाको पत्र लिएर आएपछि अध्यक्ष मिश्रले भदौ १३ गते अस्वीकार गरेर फिर्ता पठाइदिए ।
‘हाम्रो प्रमुख प्रशासकीय अधिकृत उपरकोटी छन् उहाँकै सूचना मान्न सबै कर्मचारीलाई आफूले भनेको,’ उनले बताए ।
झा कार्यालयमा समेत हाजिर भइसकेका छन् । एमालेका वडाध्यक्षहरुले उहाँलाई हाजिर गराएको छ । प्रमुख प्रशासकीय अधिकृतको विषयलाई लिएर वडाध्यक्ष र गाविस अध्यक्ष बीच पनि विवाद बढेको छ ।