Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

पार्टीकै कार्यक्रममा हो–हल्ला गर्ने ९ नेतासंग जनमतले माग्यो स्पष्टीकरण





जनकपुरधाम ।
जनमत पार्टीले ४ केन्द्रीय सदस्यसहित ९ जनासँग स्पष्टीकरण मागेको छ । असोज ५मा महोत्तरीको जलेश्वरमा भएको पार्टीको प्रशिक्षण तथा शुभकामना आदान प्रदान कार्यक्रममा होहल्ला गरी कार्यक्रम बिथोृलेृको र भाँडभैलो गरेको आरोपमा जनमत पार्टीले ९ जनासँग स्पष्टीकरण मागेको हो ।
स्पष्टीकरण मागिएकामा केन्द्रीय सदस्यहरु दीपेन्द्र मधेशी, कोमल यादव, इन्द्रप्रसाद सिंह र सुरेश ठाकुर रहेका छन् ।
त्यस्तै जलेश्वर नगरपालिका समितिका सचिव सञ्जित यादव र साधारण सदस्यहरु सन्तोषकुमार यादव, सिंहेश्वर मण्डल र रामजीवन साहसँग पनि जनमत पार्टीका उपाध्यक्ष तथा अनुशासन समितिका प्रमुख दीपककुमार साहले स्पष्टीकरण माग गरेका छन् । उनीहरुलाई साधारण सदस्यसमेत नरहने गरी किन कारबाही हुनु नपर्ने हो भन्नेबारे ७ दिनभित्र स्पष्टीकरण दिन भनिएको छ ।