Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

जलवायु परिवर्तनको असर न्युन गर्न तीनै तहका सरकारबिच समन्वय आवश्यकः मुख्यमन्त्री सिंह





जनकपुरधाम ।
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जलवायु परिवर्तनको चपेटामा नेपाल परेको भन्दै तीन तहका सरकारले समन्वयकारी भूमिका निभाउनुपर्ने बताएका छन् ।
मंगलबार महोत्तरीको बर्दिवासमा भएको समुदायमा निर्देशित जलवायु अनुकुलन राष्ट्रिय सम्मेलनमा बोल्दै उनले जलवायु परिवर्तनका असर न्युनीकरणका लागि संघ, प्रदेश र स्थानीय तहबीच समन्वय हुन जरुरी रहेको उल्लेख गरे ।
‘ग्लोबल वार्मिङको चपेटा नेपालमा परिरहेको छ । अब हामीले के गर्न सक्छौँ ? संघीयता आइसकेपछि संघीयताको वकालत गर्ने मान्छेहरूको संख्या एकातिर कम छ भने अर्कोतिर संघीयताको बिरोधमा कुरा गर्ने मान्छेहरु बढिरहेका छन्,’ उनले भने, ‘स्थानीय तहले प्रदेशलाई, प्रदेशले संघलाई गाली गर्ने र संघले स्थानीय तह र प्रदेशलाई गाली गर्ने कुराले मात्रै हुँदैन । समन्वयकारी भूमिका हुनुपर्छ ।’
तीन तहका सरकार मिलेर काम गर्नसके मात्रै जलावयु परिवर्तनबाट नेपाललाई परेका असरहरूको न्युनीकरण गर्न सकिने बताए ।
साथै, उनले प्रदेश र स्थानीय तहलाई बजेट कम दिइएको भन्दै असन्तुष्टि जनाए । काम धेरै गर्नुपर्ने तर बजेट सीमित हुने भएकाले संघ सरकारले बजेटको अनुपात बढाउनुपर्ने उनको भनाइ थियो ।