जसपाले निर्माण गर्यो ९ सदस्यीय सचिवालय

पदाधिकारीमा स्थान नपाएका पूर्व मुख्यमन्त्री यादवलाइ सचिवालयमा पनि समेटिएन





जनकपुरधाम ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले ९ सदस्यीय सचिवालय निर्माण गरेको छ ।
सचिवालयमा अध्यक्ष यादवसहित सहअध्यक्ष रकम चेमजोङ, उपाध्यक्ष राजकिशोर यादव, उपाध्यक्ष मृगेन्द्रकुमार सिंह यादव, उपाध्यक्ष शिवलाल थापा मगर, उपाध्यक्ष विद्युत बज्राचार्य, महासचिव लालबाबु राउत, महासचिव रामकुमार शर्मा र सचिव लिलादेवी सिटौला रहेको जसपा नेपालले जनाएको छ ।

यता पदाधिकारीमा समेत स्थान नपाएका पूर्व मुुख्यमन्त्री सरोजकुुमार यादवलाई सचिवालयमा समेत स्थान दिइएको छैन । जसपा अध्यक्ष उपेन्द्र यादवलाई पूर्व मुख्यमन्त्री यादवले बारा उपनिर्वाचनमा जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेपनि उनलाई न त पदाधिकारी बनाइएको छ न त सचिवालयमै राखिएको छ । यसले पूर्व मुख्यमन्त्री यादव तथा पार्टी अध्यक्षबीच दुरी बढ्दै गईरहेको आँकलन कतिपयले गरेका छन् ।