Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

जसपाले निर्माण गर्यो ९ सदस्यीय सचिवालय

पदाधिकारीमा स्थान नपाएका पूर्व मुख्यमन्त्री यादवलाइ सचिवालयमा पनि समेटिएन





जनकपुरधाम ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले ९ सदस्यीय सचिवालय निर्माण गरेको छ ।
सचिवालयमा अध्यक्ष यादवसहित सहअध्यक्ष रकम चेमजोङ, उपाध्यक्ष राजकिशोर यादव, उपाध्यक्ष मृगेन्द्रकुमार सिंह यादव, उपाध्यक्ष शिवलाल थापा मगर, उपाध्यक्ष विद्युत बज्राचार्य, महासचिव लालबाबु राउत, महासचिव रामकुमार शर्मा र सचिव लिलादेवी सिटौला रहेको जसपा नेपालले जनाएको छ ।

यता पदाधिकारीमा समेत स्थान नपाएका पूर्व मुुख्यमन्त्री सरोजकुुमार यादवलाई सचिवालयमा समेत स्थान दिइएको छैन । जसपा अध्यक्ष उपेन्द्र यादवलाई पूर्व मुख्यमन्त्री यादवले बारा उपनिर्वाचनमा जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेपनि उनलाई न त पदाधिकारी बनाइएको छ न त सचिवालयमै राखिएको छ । यसले पूर्व मुख्यमन्त्री यादव तथा पार्टी अध्यक्षबीच दुरी बढ्दै गईरहेको आँकलन कतिपयले गरेका छन् ।