Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

शिव अधिकारी जर्मनीको इन्टिग्रेसन कन्फ्रेन्सको सदस्यमा मनोनित





जनकपुरधाम ।
जर्मनीस्थित नेपाली समाज ई.भीका अध्यक्ष शिव अधिकारील हेसेन श्रम, एकीकरण, युवा र सामाजिक मामिलाको मन्त्रालयको इन्टिग्रेसन कन्फ्रेन्सको सदस्यको रुपमा मनोनित भएका छन् । अधिकारी इन्टिग्रेसन कन्फ्रेन्सको नेपाली सदस्यको रुपमा मनोनित हुने पहिलो व्यक्त भएका छन् ।
जर्मनीको हेसेन राज्यमा त्यहाँका मन्त्री हाईके होफमानको अध्यक्षतामा ५ वर्ष अवधिका लागि इन्टिग्रेसन कन्फ्रेन्सकोे गठन गरिएको थियो । २० वर्षभन्दा बढी समयदेखि जर्मनीमा रहेर एकिकरण र अन्तरसांस्कृतिक समझदारी बढाउन सक्रिय रहेकाले उनलाई सदस्य मनोनयन गरिएको बताइएको छ । अधिकारी नेपालको सिरहा जिल्लाका वासी हुन् ।
हेसेन श्रम, एकीकरण, युवा र सामाजिक मामिला मन्त्रालयको इन्टिग्रेसन कन्फ्रेन्स प्रमुख संस्था हो ।। यो संस्थाले प्रवासन र एकीकरणका मुद्दाहरु सम्बोधन गर्ने गर्छ । यस सम्मेलनमा उद्योग, राजनीति, अनुसन्धान संस्थानहरू र विभिन्न संगठनका प्रमुख व्यक्तिहरू समावेश छन् ।