आन्तरिक परीक्षाको विषयमा राजर्षि जनक विश्वविद्यालयमा विद्यार्थीहरुमा दूई कित्ता

विद्यार्थीहरुबिच हातपात





जनकपुरधाम ।
राजर्षि जनक विश्वविद्यालयमा आन्तरिक परीक्षाको केही विद्यार्थी उतरिएपछि विद्यार्थीहरु बिचमै हातपात भएको छ । विश्वविद्यालयमा आजबाट हुने भनिएको आन्तरिक परीक्षाको बिरोधमा केही विद्यार्थीहरु बिरोधमा उतरिएपछि विद्यार्थीहरुबिचमै हातपात भएको हो ।
यद्यपि विद्यार्थीहरुले क्याम्पस प्रशासनले आफूहरुलाई मानसिक रुपमा तनाव दिएपछि आन्तरिक परीक्षाको बिरोधमा उतरिएको एक विद्यार्थीले बताए । क्याम्पस प्रशासनले परिक्षाको मिति पटक पटक स्थगित गरेर आफूहरुलाई मानसिक तनाव दिएपछि आन्तरिक परिक्षाको बिरोधमा उतरिएको बीएएलएलवीमा अध्यय्नरत विद्यार्थी अमित सहनीले बताए । उनले यसलाई निहुँ बनाएर राजर्षि जनक विश्वविद्यालयकोे स्वतन्त्र विद्यार्थी युनियनका सभापति प्रवेश यादवको अगुवाईमा आफूहरुमार्थी हातपात गरिएको आरोप लगाए ।
अर्का विद्यार्थी रिया रायले आन्तरिक परिक्षा सबैको सहमतिमा हुनुपर्ने बताए । उनले केही विद्यार्थी मात्रै परीक्षामा सहभागी हुन चाहेको र हामीजस्ता अधिकांश विद्यार्थी परिक्षा नहुनुपर्ने अडान लिएपछि स्ववियु सभापतिले आफूहरुमार्थी हातपात गरेको आरोप लगाए ।
यता स्ववियु सभापति प्र्रवेश यादवले आफू कुनै पनि विद्यार्थीमाथी हातपात नगरेको दावी गरे । उनले आन्तरिक परीक्षाको विषयलाई लिएर विद्यार्थीहरुमा दूई कित्ता भएपछि विद्यार्थीहरु बिचमै हातपात भएको बताए ।