Breaking 
नो केवलकार समुहले आन्दोलनको घोषणा गरे, अब म मुकुमलुङ जान्छु - पूर्वउप प्रधानमन्त्री राजेन्द्र महतो | जापानले हेल्थ केयरमा २० हजार नेपाली लैजाने | काठमाडौंमा फेरि शक्ति प्रदर्शन गर्ने तयारीमा शिक्षकहरू | माओवादी केन्द्रले बोलायो जनप्रतिनिधिको राष्ट्रिय भेला | काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोट समितिले अन्तिम १० जना प्रतिस्पर्धीको सूची सार्वजनिक गरे | प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता | वन मन्त्रालयको नाम फेर्न प्रस्ताव | खानेपानी मन्त्रालयमा भएको आगलागीको छानबिन गर्न माग | नो केबलकार समूहद्वारा थप आन्दोलनको घोषणा | ममता कुलकर्णीबिरुद्ध आवाज उठाउने हिमाङ्गी सखीमाथि सांघातिक आक्रमण |

‘धनुषामा सवारी दुर्घटनाको मुख्यकारण तीव्रगति तथा मोटरसाइकल’





जनकपुरधाम ।
धनुषा जिल्लामा सवारी दुर्घटनाको मुख्य कारण तीव्रगति तथा मोेटरसाइकल रहेको पाइएको छ । ट्राफिक कार्यालय जनकपुरधामको तथ्यांक अनुसार सवारी दुर्घटनाबाट मृत्यु हुनेको संख्या घटेपनि सवारी दुर्घटना भने न्युन हुन नसकेको देखाउँछ । जसको मूल कारण तीव्रगति तथा मोटरसाइल नै रहेको उल्लेख छ । ट्राफिक कार्यालयको तथ्यांक अनुसार कुल सवारी दुर्घटनाको ६० प्रतिशत दुर्घटनाको कारण मोटरसाइकल रहेको छ । त्यस्तै सवारी दुर्घटनामा परेर मृत्यु हुनेमध्ये ६० प्रतिशतको मृत्युको कारण तीव्रगति रहेको पाइएको छ ।
गत आर्थिक वर्षमा धनुषा जिल्लाभरीमा १ हजार ५ सय ५५ सवारी दुुर्घटना भएको ट्राफिक कार्यालय जनकपुरधामका प्रमुख हरिबहादुर ओलीले जानकारी दिए । उनका अनुसार कुल सवारी दुर्घटनामध्ये सबैभन्दा बढी १ हजार ८४ मोेटरसाइकल दुर्घटना रहेको छ । त्यस्तै ट्रैक्टर १ सय ९, ट्रक १२, ट्रिपर ९, डोजर दुर्घटना २ पटक गत अािर्थक वर्षमा भएको छ ।