Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

आइसीसी लिग २ अन्तर्गत नेपाल ओमानसंग भिड्दै





काठमाडौँ ।
आईसीसी विश्वकप लिग–२ अन्तर्गत क्यानडा सम्मिलित त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा आज नेपाल ओमानसँग भिड्दैछ । क्यानडाको किङसिटीमा हुने खेल नेपाली समयअनुसार राति पौने ९ बजे सुरु हुनेछ ।
सिरिजका तीनै खेलमा हार भोगेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज ओमानलाई जितेर प्रतियोगिताको सुखद अन्त्य गर्न चाहन्छ । पहिलो खेलमा नेपाल ओमानसँग १ विकेटले हा¥यो । यस्तै घरेलु टोली क्यानडासँग पहिलो खेलमा १ सय ३ रनको फराकिलो अन्तरले हारेको नेपाल दोस्रो खेलमा भने ५ विकेटले पराजित भयो ।
नेपाली टोलीले लिग–२ का पछिल्ला ५ खेलमा लगातार हार भोगिरहेको छ । पछिल्लो समय खराब लयमा रहेको नेपाली टोली लिग–२ मा दोस्रो जितको खोजीमा छ । जारी सिरिजमा नेपाली टोलीले लय गुमाउँदा नेपाल लगातार हारको सिकार भइरहेको छ ।
टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईले जारी सिरिजमा दुई खेलमा नेपाली टोलीका प्रमुख तीन खेलाडीलाई बेन्चमा राखेका छन् । ओपनर कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी र कुशल मल्ल आजको खेलमा सुरुवाती ११ मा आउन सक्नेछन् । लिग–२ त्रिकोणात्मक सिरिजपछि नेपाली टोलीले यही टोलीसँग टी–२० आई सिरिज खेल्नेछ ।