Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

जिप्रका रौतहटबाट पहिलो पटक गैरआवासीय नेपाली नागरिकता प्रदान





रौतहट ।
जिल्ला प्रशासन कार्यालय रौतहटले पहिलो पटक एकजनालाई गैरआवासीय नेपाली नागरिकता प्रमाणपत्र प्रदान गरेको छ । सम्पूर्ण कानुनी प्रक्रिया मिलेपछि सोमवार जर्मनीका नागरिक फकरुदिन अलि अहमद शेखलाई सीडीयो हिरालाल रेग्मीले गैर आवासीय नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेका हुन् ।
फकरुदिन अलि अहमद शेखले रौतहटको गढीमाई नगरपालिका ३ साबिक गम्हरिया पर्सा गाविस ५ जन्म स्थान तथा ठेगाना उल्लेख गरी गैर आवासीय नागरिकता प्रमाणपत्र लिएका छन् ।
नेपाल सरकारले निर्धारण गरेको प्रक्रिया अनुसार जिल्ला प्रशासन कार्यालय रौतहटबाट अलीलाई पहिलो पटक गैर आवासीय नेपाली नागरिकता प्रमाण पत्र प्रदान गरिएको सीडीयो रेग्मीले जानकारी दिएका छन् ।