Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

इजराइली आक्रमणमा परी लेबनानमा एकै दिन ४९२को मृत्यु





एजेन्सी ।
लेबनानमा इजरायलले आक्रमण गर्दा ४९२ जनाको मृत्यु भएको छ ।
लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार मारिनेमा ३५ बालबालिका र ५८ महिलाहरु छन् । आक्रमणमा १ हजार ६४५ जना घाइते भएका छन् । घाइतेहरुमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्नसक्ने अनुमान छ ।
इजरायली सेनाले हिजबुल्लाहका १ हजार ३सय आश्रयस्थलमा आक्रमण गरेको जनाएको छ । यो आक्रमण गत अक्टुबर ७ मा हमासविरुद्ध युद्ध सुरु गरेयताकै भयानक भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
इजरायलले हमासविरुद्ध आक्रमण सुरु गरेपछि हिजबुल्लाहले हमासलाई सघाउने घोषणा गरेको थियो । त्यसैले इजरायलले हिजबुल्लाहलाई पनि निशाना बनाएको हो ।
लेबनानका स्वास्थ्य मन्त्री फिरास अबियादले इजरायलको आक्रमणबाट सर्वसाधारणका घर, मेडिकल सेन्टर, एम्बुलेन्स र कारहरुमा पनि क्षति पुगेको बताएका छन् ।
इजरायली क्षेत्रमा हिजबुल्लाहले दुई सयभन्दा बढी रकेट प्रहार गरेको थियो । इजरायली पक्षका दुई जना घाइते भएको इजरायली सेनाले जनाएको छ ।
इजरायल र लेबनानका हिजबुल्लाह लडाकुहरुबीच आक्रमण सुरु भएपछि विश्वका केही देशहरुले दुवै पक्षलाई संयमित हुन आह्वान गरेका छन् । यो संघर्षले ठूलो युद्धको रुप लिन सक्ने चिन्ता व्यक्त हुँदै आएको छ । इरानले इजरायलको आक्रमणको कडा शब्दमा निन्दा गरेको छ ।