Breaking 
जनमतकी सांसद सुमना शर्माविरुद्ध पक्राउ पुर्जी | सप्तरीको हनुमाननगर कङ्कालिनीमा दूईवटा मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु, १ घाइते | १६१ देशसंग व्यापार गर्ने नेपालको १२४ देशसंग व्यापार घाटा | इरानमाथि अमेरिकी आक्रमणको कतार, ओमान र इराकद्वारा निन्दा | संसदमा लफड़ा चलि रहँदा रास्वपाका सांसदहरु विदेश भ्रमणमा | मुक्तिक ८ द्वार– अष्टांग योग | सांसद अमरेश सिंहले नेपाललाई अर्को देशलाई लिजमा दिन भनेपछि लफड़ा | रास्वपाको ६ बुँदे निर्णय सार्वजनिक | सुनको मूल्यमा सामान्य बृद्धि | पाकिस्तानद्वारा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कारकालागि सिफारिश गर्ने घोषणा |

पोखरीमा डुबेर रौतहटमा एक महिलाको मृत्यु





रौतहट ।
रौतहटको राजदेवी नगरपालिकामा पोखरीमा डुब्दा एक महिलाको मृत्यु भएको छ ।
राजदेवी नगरपालिकाको वडा नं. ८ लक्ष्मीपुरमा रहेको पोखरीमा सोमबार नुहाउने क्रममा डुबेर एक ४५ वर्षीया गिरीजा देवीको मृत्यु भएको छ । जितिया पर्व सुरु गर्नुअघि पोखरी, जलाशय, नदीमा महिला व्रतालुहरुको नुहाउने चलन अनुसार गाँउमा रहेको पोखरीमा नुहाउन गएकी प्रमोद साह कानुको श्रीमती गिरीजा देवीको सोमबार डुबेर मृत्यु भएको हो ।
पोखरीमा महिला डुबेको खबर पाउना साथ सशस्त्र प्रहरीको विओपी बेलविछवा र प्रहरी चौकी वेलविछवाबाट खटिएका सुरक्षाकर्मीहरुको टोलीले महिलाको उद्धार गरेको थियो । गम्भीर अवस्थामा रहेकी उनलाई उपचारको लागी प्रादेशिक अस्पताल गौर पठाइएको थियो ।
अस्पताल ल्याउने क्रममै उनको मृत्यु भएको सशस्त्र प्रहरी बल नेपाल नम्वर ११ गण रौतहटका एसपी विक्रम हुमागाईले बताए ।