Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

अत्याधिक गर्मीका कारण पर्सामा विद्यार्थीहरु बेहोस





वीरगन्ज ।
पर्साको पोखरिया नगरपालिका–४ स्थित जिल्ला उच्चांगल रामदेव कलवार नमुना प्राविधिक विद्यालयका ८ जना विद्यार्थी अत्यधिक गर्मीका कारण बेहोस भएका छन् ।
सोमबार अत्यधिक गर्मीका कारण छात्राहरु कक्षा कोठामा बेहोस भएको शिक्षक अनिल गिरीले बताए । कक्षा ७ र कक्षा ९ का छात्राहरु बेहोस भएका थिए । बेहोस छात्राहरुलाई पोखरिया अस्पतालमा उपचार गरिएको थियो । स्वास्थ्य अवस्था सामान्य भएपछि छात्राहरुलाई घर पठाइएको विद्यालय प्रशासनले जनाएको छ ।
यसैबीच पोखरिया नगरपालिका कार्यालयले नगरपालिका अन्तर्गत सञ्चालित विद्यालयहरुमा अध्यधिक गर्मीका कारण पर्ने प्रतिकुल असरलाई मध्यनजर गर्दै मंगलबारदेखि बिहान सत्रमा कक्षा सञ्चालन गर्न सूचना जारी गरेको छ । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिृकत अजय कुमार श्रीवास्तवले मौसमको अनुकूलता अनुसार मंगलबारदेखि शुक्रबारसम्म बिहान ६ बजेदेखि विद्यालय सञ्चालन गर्न सबैलाई जानकारी गराइएको बताए ।