Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

फिल्म ‘लापता लेडिज’ अस्करकालागि मनोनित





एजेन्सी ।
चर्चित बलिउड फिल्म ‘लापता लेडिज’ भारतबाट अस्करकालागि मनोनयन भएको छ । यस फिल्मले सन् २०२५ को अस्कार अवार्डमा भारतबाट आधिकारिक प्रवेश पाएको हो ।
किरण राव निर्देशित यस फिल्मलाई विदेशी चलचित्रको विधामा पठाइएको छ । यो फिल्म आमिर खानको प्रोडक्सन हाउसको ब्यानरमा बनेको हो । फिल्ममा स्पर्श श्रीवास्तव, प्रतिभा रन्त र नितांशी गोयलको मुख्य भूमिका रहेको छ । कमेडी जनरामा बनेको बलिउड फिल्म यस फिल्ममा दुई बेहुली साटिएको कथा छ । फिल्म फेडरेशन अफ इन्डिया छनोट समितिका अध्यक्ष जाहनु बरुआले सोमबार यसबारे घोषणा गरे । उनले यस वर्ष देशभरबाट २९ फिल्म अस्कर पठाउने दौडमा रहेको बताए ।
जसमा विक्की कौशलको ‘साम बहादुर’, रणवीर कपूरको ‘एनिमल’ र कार्तिक आर्यनको ‘चन्दु च्याम्पियन’ समावेश थिए । १३ सदस्यीय निर्णायक मण्डलले यी २९ फिल्मबाट ‘मिसिङ लेडीज’ छनोट गरेको छ ।
९७ औँ अस्करका लागि मनोनयनहरू जनवरी १७, २०२५ मा घोषणा गरिनेछ । ओस्कार अवार्ड समारोह मार्च २, २०२५ मा हुनेछ ।
‘लापता लेडीज’ यसै वर्ष मार्च १ मा हलमा रिलिज भएको थियो । समीक्षक र दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाएको यस फिल्मले २५ करोड भारतीय रुपैयाँ कमाइ गरेको थियो ।