Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

सुनको मूल्यमा रेकर्ड बृद्धि, तोलाको १ लाख ५९हजार पुग्यो





काठमाडौं ।
सुनको मूल्यमा रेकर्ड बृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला ४ सय रुपैयाँ बढेको हो । अघिल्लो दिन प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार १ लाख ५९ हजार २ सय रुपैयाँ पुगेको छ । त्यस्तै चाँदी भने स्थिर छ । अघिल्लो दिनकै मूल्य प्रतितोला १९२० रुपैयाँमा चाँदीको कारोबार भएको छ ।
गत वर्षको असोजमा सुन प्रतितोला १ लाख १२ हजार हाराहारीमा कारोबार भएको थियो । एक वर्षकै अवधिमा सुनको मूल्य ४१ प्रतिशत बढेको छ ।
सुनको भाउ बढ्नुमा अन्तर्राष्ट्रिय कारण छन् । युक्रेनमाथि रुसको हमला र त्यसपछिको अन्तर्राष्ट्रिय द्वन्द्व, इरान र इजरायल द्वन्द्व, अमेरिका सहित विश्वका धेरै देशको अर्थतन्त्र शिथिल हुनु लगायत कारण सुनको भाउ बढ्दै गयो ।
‘अन्तर्राष्ट्रिय स्तरमा द्वन्द्व बढ्दा सुनको मूल्य बढ्दै गयो, ती द्वन्द्व अहिले पनि कायमै छन्,’ महासंघ पूर्वअध्यक्ष मणिरत्न शाक्यले भने, ‘त्यसमा पनि विश्वका केन्द्रीय बैंकहरूले सुन भण्डारण बढाए, अहिले अमेरिकाले ब्याजदर घटाउँदा फेरि लगानी पनि सुनतिरै मोडियो ।’
अमेरिकी केन्द्रीय बैंकले हालै ब्याजदर ०.५० प्रतिशत बिन्दुले घटायो । ब्याजदर घटाउँदा नै बैंक अध्यक्ष जेरोम एच पावेलले मूल्यवृद्धिमा थप चाप नदेखिए ब्याजदर अरू थप घट्ने आशय जनाए । यही कारण डिसेम्बरमा फेरि ब्याजदर घट्ने चर्चा चलेको छ । ब्याजदर घट्दा सुनसँगै, स्टक मार्केट समेत बढ्न जान्छ ।