Breaking 
अमेरिकी डलर र युरोको भाउ घटबढ, अरुको कति ? | नौ महिना अन्तरिक्षमा अड्किएका सुनिता र बुच अन्ततः पृथ्वी फर्किए | चीनमा सुँगुरको मिर्गाैला मान्छेमा सफलतापूर्वक प्रत्यारोपण | अब भन्सारमा जफत सामान ३ महिनाभन्दा बढी थन्काउन नपाइने | ट्रम्पको ‘ट्रुथ सोसल’मा मोदी पनि सहभागी | सबैला घटनालाई लिएर तत्काल चोकको नामाकरण नगर्नेसहित ५ बुँदे सहमति | जनकपुरधाममा भूमिगत जल संगोष्ठी हुने | पोखरा भ्रमण वर्ष बेलुन विस्फोट घटनाः छानबिन समितिले गृहमन्त्रीलाई बुझायो प्रतिवेदन | शैक्षिक संस्थाद्वारा विद्यार्थीहरुसँग लिइने शुल्कको विषयमा जनकपुरधाम उपमहानगर गम्भिर | सप्तरीको महेन्द्र विन्देश्वरी क्याम्पसबाट स्ववियु निर्वाचनको क्रममा फर्जी मतदाता पक्राउ |

रवि लामिछानेलाई पक्राउ गर्न माग गर्दै जिप्रका कास्की अगाडी प्रदर्शन





काठमाडौं ।
सूर्यदर्शन सहकारी पीडित बचकर्ताले रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन गरेका छन् । सहकारीको पैसा गोर्खा मिडियामार्फत लामिछानेले दुरूपयोग गरेको भन्दै पीडितले जिल्ला प्रशासन कार्यालय कास्की बाहिर नाराबाजीसहित प्रदर्शन गरि रहेका हुन् ।
जिल्ला प्रशासन कार्यालयको गेटनेर सहकारी पीडित र त्यसकै ठिकअगाडि शहीद चोकको चौतारामा रास्वपाका नेता कार्यकर्ताले नाराबाजी गरिरहेका छन् । पीडितले लामिछानेलाई पक्राउ गर्न माग गरिरहेका छन् भने रास्वपा नेता–कार्यकर्ताले लामिछानेलाई पक्राउ नगर्न चेतावनी दिइरहेका छन् ।
सूर्यदर्शन सहकारी पीडित र रविसमर्थक नेता कार्यकर्ता आमने–सामने हुँदा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ । जिल्ला प्रशासन तथा शहीद चोक आसपासमा सुरक्षाकर्मी खटाइएको छ ।
विभिन्न सहकारीमा भएको अपचलनबारे छानबिन गर्न बनेको विशेष संसदीय समितिको सिफारिस र गृहमन्त्री रमेश लेखकको निर्देशनपछि आइतबार गोरखा मिडिया प्रालिका सेयर सदस्य तथा सञ्चालक पूर्व डिआइजी छविलाल जोशीलाई पक्राउ परेर पोखरा ल्याइएको छ । जोशीलाई म्याद थपका लागि आजै जिल्ला अदालत कास्कीमा उपस्थित गराइँदैछ ।
जोशीलाई अदालत उपस्थित गराउने जानकारीसँगै सहकारी पीडित अदालत गेटबाहिर भेला भएर नाराबाजीसहित प्रदर्शन गरेका हुन् भने रविलाई पनि पक्राउ गर्न पुर्जी जारी हुन लागेको भन्दै रास्वपा नेता कार्यकर्ता शहीद चोकको चौतारामा भेला भएर प्रदर्शन गरेका छन् ।अहिले सहकारी पीडितले बचतकर्तालाई मारेर सहकारीको पैसा गोर्गा मिडियामा गएको र त्यसलाई अपचलन गर्ने काम रविले गरेको बताएका छन् । रविकै संलग्नतामा रकम अपचलन भएको भन्दै सूर्यदर्शनका सहकारी पीडितले २२ माघ २०८० मा रवि, गोर्खा मिडियासहित विभिन्न १८ व्यक्ति र संस्थालाई विपक्षी बनाएर जाहेरी दिएका थिए ।