Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

न्युयोर्कमा ओली–मोदी भेटवार्ता, नेपाल भ्रमणकालागि मोदीलाई निम्तो





काठमाडौँ ।
अमेरिकामा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबिच भेटवार्ता भएको छ ।
संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डल नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबिच न्युयोर्कको स्थानीय समय अनुसार असोज ६ गते साँझ ५ः३० बजे भेटवार्ता भएको हो ।
भेटपछि प्रधानमन्त्री मोदीले प्रधानमन्त्री केपी ओलीसँग न्युयोर्कमा भएको भेट निकै राम्रो भएको प्रतिक्रिया दिएका छन् । ‘भारत–नेपाल मित्रता धेरै बलियो छ र हामी हाम्रो सम्बन्धलाई अझ गति दिन चाहन्छौँ । हाम्रो वार्ता ऊर्जा, प्रविधि र व्यापार जस्ता मुद्दाहरूमा केन्द्रित थियो,’ मोदीले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिएका छन् । प्रधानमन्त्री ओलीले पनि दुई नेताबिचको भेट सकारात्मक भएको प्रतिक्रिया दिएका छन् ।
यता प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणकालागि निम्तो समेत दिएका छन् । ओलीको निम्तोमा मोदीले साकारत्मक प्रतिक्रिया दिएका छन् ।