Breaking 
नो केवलकार समुहले आन्दोलनको घोषणा गरे, अब म मुकुमलुङ जान्छु - पूर्वउप प्रधानमन्त्री राजेन्द्र महतो | जापानले हेल्थ केयरमा २० हजार नेपाली लैजाने | काठमाडौंमा फेरि शक्ति प्रदर्शन गर्ने तयारीमा शिक्षकहरू | माओवादी केन्द्रले बोलायो जनप्रतिनिधिको राष्ट्रिय भेला | काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोट समितिले अन्तिम १० जना प्रतिस्पर्धीको सूची सार्वजनिक गरे | प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता | वन मन्त्रालयको नाम फेर्न प्रस्ताव | खानेपानी मन्त्रालयमा भएको आगलागीको छानबिन गर्न माग | नो केबलकार समूहद्वारा थप आन्दोलनको घोषणा | ममता कुलकर्णीबिरुद्ध आवाज उठाउने हिमाङ्गी सखीमाथि सांघातिक आक्रमण |

प्रहरी कार्यालयवाट फरार भएका अधिकांश थुनुवा लागुऔषधको कारोवारी (फोटो सहित)





जनकपुरधाम
जिल्ला प्रहरी कार्यालय धनुषाबाट फरार भएका अधिकांश थुनुवा लागुऔषधका कारोवारी रहेको प्रहरीले जनाएको छ ।
फरार हुनेमा जनकपुरधाम –२० रुपैठाका २५ वर्षिय अमित कुमार झा, विदेह नगरपालिका –७ का २६ वर्षिय रंजित मण्डल, विदेह नगरपालिका –७ का २४ वर्षिय रोशन कुमार मण्डल, सिरहानगरपालिका –१३ का ३३ वर्षिय अभाष्कर कुमार यादव, धनुषाको औरही गाउँपालिका –२, देउरी परवाहाका २३ वर्षिय विशाल मुखिया, नगराईन नगरपालिका २ का १८ वर्षिय मनिष मण्डल, जनकपुरधाम –४ का २२ वर्षिय
विक्की कार्की र जनकपुरधाम –१ का १७ वर्षिय सुमित मेस्तर (नाबालक) रहेका छन् ।
पक्राउ पर्नेमा ब्राउन सुगरको कारोबारीमा अमित झा, रोशन मण्डल, खैरो ह्रिोइनमा रंजित मण्डल, अभास्कर, लागु औषधमा विशाल मुखिया, मनिष मण्डल साइकल चोरी, सत्यम झा मोबाइल चोरी, सुमित मेस्तर साइकल चोरीमा संलग्न रहेका छन् । फरार भएकाहरुको खोजी कार्य जारी रहेको छ । एकजनालाई जनकपुरधामको जनक चोकबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।