Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

प्रहरी कार्यालयबाट ९ जना थुनुवा फरार, एक पक्राउ (भागेका थुनुवाहरुको विवरण पनि)





जनकपुरधाम ।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट आज बिहान ९ जना थुनुवा फरार भएका छन् । धनुषाको प्रहरी उपरीक्षकको प्रशासन कमजोर भइरहेको सञ्चारमाध्यममा समाचार आइरहेको बेला यस्तो ठूलो लापरवाही सार्वजनिक भएको छ ।
विहान ३ बजेर ३० मिनेट जाँदा सो घटना भएको छ । फरार मध्ये एकजनालाई जनकपुरधामको जनक चोकबाट प्रहरीले नियन्त्रणमा लिएको जानकारी धनुषाका प्रहरी नायब उपरीक्षक रञ्जन आवाले दिएका छन् । अन्य थुनुवाहरुको खोजी कार्य जारी रहेको छ ।

थुनुवा कक्षबाट भागेका थुनुवाहरुः
अमित कुमार झा, वर्ष २५, जनकपुरधाम –२०, रुपैठा
रंजित मण्डल, वर्ष २६, विदेह नगरपालिका –७, धनुषा
रोशन कुमार मण्डल, वर्ष २४, विदेह नगरपालिका –७, धनुषा
अभाष्कर कुमार यादव, वर्ष ३३, सिरहा –१३, सिरहा
विशाल मुखिया, वर्ष २३, औरही गाउँपालिका –२, देउरी परवाहा
मनिष मण्डल, वर्ष १८, नगराईन नगरपालिका –२, धनुषा
विक्की कार्की, वर्ष २२, जनकपुरधाम –४, धनुषा
सुमित मेस्तर (नाबालक), वर्ष १७, जनकपुरधाम –१, धनुषा