Breaking 
लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा सिरहा प्रहरीद्वारा पाँच पक्राउ, आजै सार्वजनिक पनि गरियो | दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अनुमति | उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन | सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीबाट रामेश्वर चौधरी मन्त्री नियुक्त | मैथिली कथा गोष्ठी सम्पन्न | तीनकुने घटनाबारे मानव अधिकार आयोगको अनुसन्धान पूरा, प्रतिवेदन सार्वजनिक गर्ने तयारी | २५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा सम्वाद सम्पन्न | मधेसका पूर्वमन्त्री विजय यादव र बागमती नगरपालिकाका तत्कालिन नगरप्रमुखविरुद्ध अख्तियारद्वारा फेरी अर्को मुद्दा दर्ता | रवि लामिछानेको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश | एमालेको ७६ जिल्लामा अधिवेशन सम्पन्न, धनुषाको विवाद अझै सल्टिएन, जेठ ७ गते मतदान गराउन निर्देशन |

प्रहरी कार्यालयबाट ९ जना थुनुवा फरार, एक पक्राउ (भागेका थुनुवाहरुको विवरण पनि)





जनकपुरधाम ।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट आज बिहान ९ जना थुनुवा फरार भएका छन् । धनुषाको प्रहरी उपरीक्षकको प्रशासन कमजोर भइरहेको सञ्चारमाध्यममा समाचार आइरहेको बेला यस्तो ठूलो लापरवाही सार्वजनिक भएको छ ।
विहान ३ बजेर ३० मिनेट जाँदा सो घटना भएको छ । फरार मध्ये एकजनालाई जनकपुरधामको जनक चोकबाट प्रहरीले नियन्त्रणमा लिएको जानकारी धनुषाका प्रहरी नायब उपरीक्षक रञ्जन आवाले दिएका छन् । अन्य थुनुवाहरुको खोजी कार्य जारी रहेको छ ।

थुनुवा कक्षबाट भागेका थुनुवाहरुः
अमित कुमार झा, वर्ष २५, जनकपुरधाम –२०, रुपैठा
रंजित मण्डल, वर्ष २६, विदेह नगरपालिका –७, धनुषा
रोशन कुमार मण्डल, वर्ष २४, विदेह नगरपालिका –७, धनुषा
अभाष्कर कुमार यादव, वर्ष ३३, सिरहा –१३, सिरहा
विशाल मुखिया, वर्ष २३, औरही गाउँपालिका –२, देउरी परवाहा
मनिष मण्डल, वर्ष १८, नगराईन नगरपालिका –२, धनुषा
विक्की कार्की, वर्ष २२, जनकपुरधाम –४, धनुषा
सुमित मेस्तर (नाबालक), वर्ष १७, जनकपुरधाम –१, धनुषा