Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मिट कलेजमा नेविसंघद्वारा भएको अनुगमनको विरोध

हिसान सहित शिक्षाका ३ वटा संस्थाद्वारा प्रतिकार गर्ने चेतांवनी





जनकपुरधाम ।
शैक्षिक सुधारको नाउँमा नेपाल विद्यार्थी संघ धनुषाद्वारा जनकपुरधामको प्रतिष्ठित कलेज मिटमा भएको अनुगमनको हिसान सहित शिक्षाका तीनवटा संस्थाले कडा विरोध गरेको छ । हिसान, एनप्याब्सन र प्यावसनले संयुक्त विज्ञप्ति जारी गरी विद्यालय र कलेजमा हुलहुज्जत र दुव्र्यवहारको कार्यको भत्सर्ना गरेको छ ।
अगामी दिनमा हुने वा आउने यस्ता गैरकानुनी अनुगमन विरुद्ध हाम्रो छाता संगठन हिसान, एनप्यावसन र प्यावसन प्रतिकारमा उत्रन बाध्य हुने चेतावनी सो विक्षप्तिमा उल्लेख रहेको छ ।

शिक्षा ऐन अन्तर्गत हामीले उपलब्ध गराउनु पर्ने छात्रवृति स्थानीय पालिका बमोजिम भएको नभएको जानकारी पालिकाबाट नलिइ विद्यालयमै हुलहुज्जत गर्ने हिसाबले आएकोमा यसको विरोध गरेको छ ।
हिसानका अध्यक्ष संजिवकुमार ठाकुर, एनप्याबसनका अध्यक्ष दीपक ठाकुर र प्यावसनका अध्यक्ष रवीन्द्रकुमार चौधरीले सो विज्ञप्ति जारी गरेका छन् ।
आज बिहान नेविसंघको टोलीले मिट कलेजमा अनुगमन गरेको थियो ।