Breaking 
गणतन्त्रको जग हल्लिनेबला छैनः विमलेन्द्र निधि | नेपालक नेतासभक बीच hate speech बैढ रहल | मोडेल कलेजका कानून तर्फ अध्ययनरत बिद्यार्थीसंग उच्च अदालत जनकपुरको न्यायिक सम्वाद कार्यक्रम | नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले भने – देशको परिस्थिति अत्यन्तै जटिल छ, के हुन्छ भन्न सकिँदैन | मधेसको राजधानी जनकपुरधामबाट लिङदेनको सन्देश– ‘होशियार तपाईको मत तपाईको धर्मबिरुद्ध प्रयोग हुँदैछ’ | पूर्वराजाको समर्थनमा नारायणहिटी दरबारको गेटमा प्रदर्शन | पूर्वराजाले गरे गोरखकाली र गोरखनाथमा २ घण्टा पूजा | ड्राइभरबिनै हुइँकिने गाडी | मैथिली कथा – आदर्श | आइपीएलमा सहभागी १० टोलीका कप्तानहरुको रेकर्ड |

मिट कलेजमा नेविसंघद्वारा भएको अनुगमनको विरोध

हिसान सहित शिक्षाका ३ वटा संस्थाद्वारा प्रतिकार गर्ने चेतांवनी





जनकपुरधाम ।
शैक्षिक सुधारको नाउँमा नेपाल विद्यार्थी संघ धनुषाद्वारा जनकपुरधामको प्रतिष्ठित कलेज मिटमा भएको अनुगमनको हिसान सहित शिक्षाका तीनवटा संस्थाले कडा विरोध गरेको छ । हिसान, एनप्याब्सन र प्यावसनले संयुक्त विज्ञप्ति जारी गरी विद्यालय र कलेजमा हुलहुज्जत र दुव्र्यवहारको कार्यको भत्सर्ना गरेको छ ।
अगामी दिनमा हुने वा आउने यस्ता गैरकानुनी अनुगमन विरुद्ध हाम्रो छाता संगठन हिसान, एनप्यावसन र प्यावसन प्रतिकारमा उत्रन बाध्य हुने चेतावनी सो विक्षप्तिमा उल्लेख रहेको छ ।

शिक्षा ऐन अन्तर्गत हामीले उपलब्ध गराउनु पर्ने छात्रवृति स्थानीय पालिका बमोजिम भएको नभएको जानकारी पालिकाबाट नलिइ विद्यालयमै हुलहुज्जत गर्ने हिसाबले आएकोमा यसको विरोध गरेको छ ।
हिसानका अध्यक्ष संजिवकुमार ठाकुर, एनप्याबसनका अध्यक्ष दीपक ठाकुर र प्यावसनका अध्यक्ष रवीन्द्रकुमार चौधरीले सो विज्ञप्ति जारी गरेका छन् ।
आज बिहान नेविसंघको टोलीले मिट कलेजमा अनुगमन गरेको थियो ।