Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

वनजंगल मास्नेगरी डिएफओ सरुवा गरिएको चुरे अभियानीहरुको आरोप

अभियानीहरुले गरे मुख्यमन्त्री कार्यालय अगाडी प्रदर्शन





जनकपुरधाम ।
मधेशमा चुरे संरक्षण अभाव र पानीको अभाव लगायतका समस्या समाधानको माग गर्दै चुरे अभियानीहरुले मुख्यमन्त्री कार्यालय अगाडी प्रदर्शन गरेको छ । चुरे तथा वननजंगल संरक्षण अभियानका सुनिल यादवको अगुवाईमा अभियानीहरुले मधेसको मुख्यमन्त्री कार्यालय अगाडी प्रदर्शन गरेको हो ।
चुरे वनजंगलको संरक्षण तथा सम्वद्र्धन, भूमिहिन सुकुम्वासीहरुलाई भूमि अधिकार, अवैध उत्खननमा रोक लगायतका माग राख्दै अभियानीहरुले मुख्यमन्त्री कार्यालय अगाडी प्रदर्शन गरेको अभियानका संयोजक सुनिल यादवले बताए । चुरे संरक्षण आन्दोलनको १ सय ३औँ दिनमा मधेस सरकारलाई घचघचाउन आफूहरु यहाँ आई पुगेको उनले बताए । संघिय राजधानी काठमाडौँ पैदल यात्रा गरेर त्यहाँ आन्दोलन गर्दा समेत सरकारले टेरेन, उनले भने ‘संघले त टेरेन प्रदेश सरकार पनि वनजंगल संरक्षणप्रति उदासिन छ ।’ हामीले तीनवटै तहका सरकारलाई आफ्नो माग सुनाई सक्यौँ तर हाम्रो माग सुन्ने कोही छैन उनले भने ।
प्रदेश सरकारले वनजंगल संरक्षण गर्नुको साटो वनजंगललाई मास्ने गरी डिएफओ सरुवा गरिएको यादवले आरोप लगाए । उनले काम गरिरहेका डिएफओहरुलाई सरुवा गरिएको तर लामोसमयसम्म एकै ठाउँमा रहेका डिएफओ सरुवा नगनुर्ले प्रदेश सरकारको नियत पनि वनजंगल संरक्षण नगर्ने रहेको कुरा स्पष्ट भईसकेको बताए ।
आफूहरु चुरे संरक्षणको माग उठाएर आन्दोलन गर्दा तीन वटै तहको सरकार र दलहरुले बेवास्ता गरेको भन्दै उनले आक्रोश पोखे ।
यता चुरे अभियानीहरुलाई सम्बोधन गर्दै मुख्यमन्त्री सतिश सिंहले आफूहरु वनजंगल संरक्षणमा गम्भिर रहेको दावी गरे । उनले प्रदेश सरकारले वनजंगल संरक्षणकालागि गर्न सक्ने काम गर्ने प्रतिवद्धता व्यक्त गरे । मुख्यमन्त्री सिंहले अहिलेसम्म प्रदेश सरकारसंग पूर्ण अधिकार नरहेकाले समेत समस्या भईरहेको बताए ।