Breaking 
विदेह नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र साहलाई सुरक्षा धम्की, ४ दिनदेखि कार्यालय जानबाट बञ्चित | नयाँ दिल्ली रेलवे स्टेसनमा १८ जनाको ज्यान जानेगरी भएको भागदौडपछिका तस्बिरहरु | पोखरामा भएको बेलुन विस्फोट घटना अनुसन्धान गर्न ८ सदस्यीय छानवीन समिति गठन | फागुन ११ अगाडी अध्यादेशहरु संसदमा पेश नगरिने लगभग निश्चित | सत्ता पक्षका सचेतकहरुको बैठकमा जसपा नेपाल किन अनुपस्थित भयो ? | स्टार बलरहरुबिना च्याम्पियन्स ट्रफी, चोटले परेशान भारतीय र अष्ट्रेलियन टोली | झापामा प्रहरी कार्यालयभित्रै सई मृत फेला | सुनको मूल्य २ हजार ७ सयले घट्यो | निजामती र शिक्षा विधेयक अगाडि बढाउने सत्तारुढ दलको निर्णय | बाराको सुधारकेन्द्र अनुशासनिक कारबाही अस्वीकार गरेपछि भएको कुटपीटमा परेर मण्डलको मृत्यु भएको खुलासा |

मधेश प्रदेश सभाको सचिवमा कोइराला नियुक्त, सभामुखले सपथ ग्रहण गराए





जनकपुरधाम
मधेश प्रदेश सभाको सचिवमा वासुप्रसाद कोइरालालाई नियुक्त गरिएको छ । नियुक्त भएका कोइरालालाई आजै सभामुख रामचन्द्र मण्डलले सपथग्रहण गराएका छन् ।
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको उपस्थितिमा सभामुखले सपथ ग्रहण गराएका छन् । प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित सो कार्यक्रममा प्रदेश प्रमुखको कार्यालयका अधिकारीहरु र प्रदेशसभाका अधिकारीहरुको उपस्थित रहेको थियो ।
महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्वर १२ स्थित घर भएका कोइरालालाई प्रदेशसभा सचिवालय सञ्चालन ऐन २०७९ को दफा ३ )क) बमोजिम सपथ ग्रहण गराइएको छ । साथै नेपालको संविधानको धारा १९५ को उपधारा (ख) बमोजिम सभामुखको सिफारिसमा प्रदेश प्रमुखले नियुक्त गरेका थिए ।