Breaking 
लखनउमाथि दिल्लीको रबाफ | आज यस्तो छ विदेशी मुद्राको विनिमयदर | ‘दिल्लीले पनि मधेसलाई काठमाडौँकै आँखाले हेर्दै आएकोमा वक्ताहरुको असन्तुष्टी’ | कक्षा १२को नयाँ परीक्षा तालिका सार्वजनिक, अब वैशाख २१गतेदेखि हुने | घुस सहित पक्राउ परेका पोखरा महानगरका कर्मचारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर | चाबी बोकेर काठमाडौं आउन विद्यालय कर्मचारीलाई निर्देशन | कर्मचारी ट्रेड युनियनको १० बुँदे माग, ७२ घण्टे अल्टिमेटम | गभर्नर सिफारिस समितिका सदस्य विजयनाथ भट्टराईद्वारा राजीनामा | छोराछोरी सहित आमाले गरे विषसेवन, ३ को मृत्यु | गंगासागरमा निर्माण कार्य रोकिएपछि निति आयोगका उपाध्यक्ष सोहन साहले सामाजिक सञ्जालमा लामो स्टेट्स लेखे, जो जसले राम नारायण मिश्रको स्मारकको विरोध गर्नु भएको छ इमानदारीको साथ यही मापदण्ड अनुसार जनकपुरको सबै पोखरीमा नियम लागू गर्नु पर्ने हिम्मत देखाउनु पर्यो |

सिन्धुलीको विद्यालयमै विद्यार्थीको मृत्यु भएको विषयलाई लिएर स्थानीय आन्दोलित

स्थानीयले गरे ३ घण्टा चक्काजाम





जनकपुरधाम ।
सिन्धुलीको एक निजी विद्यालयमा विद्यार्थी मृत भेटिएको विषयलाई लिएरस्थानीय आन्दोलित भएका छन् । विद्यार्थीको विद्यालयमै मृत्यु भएको भन्दै स्थानीयले धनुषाको जनकपुर–ढल्केवर सडकखण्डमा चक्काजाम गरेका छन् ।
लक्ष्मीनियाँ गाउँपालिका–४ स्थित सपहीमा वडा नम्बर –४ का वडाध्यक्ष रमेश साहसहितका स्थानीयले सडक अवरुद्ध गरेका हुन् । बिहान ८ बजेदेखि ११ बजेसम्म उनीहरु सडकमै धर्ना बस्दै यातायात अवरुद्ध पारेका थिए ।
भदौ २मा सिन्धुलीको कमलामाई नगरपालिकामा रहेको भगवतीमाई इंग्लिस माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत १४ वर्षीय रजनीश साह होस्टेलमा मृत फेला परेका थिए । घटना शंकास्पद रहेको भन्दै पीडित परिवारले छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै आई रहेका छन् । मृतक रजनीशका बुवा गणेश साहले घटनाबारे स्कुलले ढिलो जानकारी दिएको आरोप लगाए । राति दुई बजे धुलिखेल अस्पताल पुग्दा छोरोको मृत्यु भइसकेको पाइएको र घटना शंकास्पद रहेको उनले दावी गरे ।
गणेशले जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा छोराको पोष्टमार्टम रिपोर्ट माग्न जाँदा वकिल र डाक्टर उपस्थित गराएर मात्रै रिपोर्ट देखाउने भनेको बताए । त्यस्तै विद्यालयका सञ्चालक, प्रिन्सिपल र होस्टेल वार्डेनसहित चार जनाविरुद्ध किटानी जाहेरी नलिएर प्रहरी विद्यालयको पक्षमा उभिएको उनको आरोप छ ।