Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

प्रत्यक्ष प्रसारण चलिरहेकै समयमा अल जजिराको कार्यालयमा पस्यो इजरायली सेना





एजेन्सी ।
इजरायली सेनाले आफ्नो कब्जामा रहेको वेस्ट बैंकको रामल्लाहस्थित न्युज च्यानल अल जजिराको कार्यालयमा छापा मारेको छ । उसले अल जजिराको कार्यालय ४५ दिनका लागि बन्द गर्न आदेश पनि दिएको छ ।
आइतबार बिहान सशस्त्र तथा मुखौटा लगाएका इजरायली सैनिक प्रत्यक्ष प्रसारण भइरहेकै बेला अल जजिराको कार्यालयमा प्रवेश गरेको बीबीसीले जनाएको छ । त्यसपछि उनीहरूले अल जजिराको वेस्ट बैंक ब्युरो प्रमुख वालिद अल–ओमारीलाई न्युज च्यानल ४५ दिन बन्द गर्न आदेश दिएको बीबीसीले जनाएको छ । जुन दर्शकले लाइभ हेरिरहेका थिए ।
अल जजिराले भनेको छ, ‘यसरी पत्रकारहरूलाई निशाना बनाउनुको उद्देश्य सत्य मेटाउने र मानिसहरूलाई सत्य सुन्नबाट रोक्नु हो ।’ गत अप्रिलमा इजरायलको संसद्ले एउटा कानुन पारित गरेको थियो, जसले सरकारलाई युद्धको समयमा राष्ट्रिय सुरक्षाका लागि खतरा मानिने विदेशी समाचार प्रसारकलाई अस्थायी रूपमा बन्द गर्ने अधिकार दिएको छ ।