Breaking 
विदेह नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र साहलाई सुरक्षा धम्की, ४ दिनदेखि कार्यालय जानबाट बञ्चित | नयाँ दिल्ली रेलवे स्टेसनमा १८ जनाको ज्यान जानेगरी भएको भागदौडपछिका तस्बिरहरु | पोखरामा भएको बेलुन विस्फोट घटना अनुसन्धान गर्न ८ सदस्यीय छानवीन समिति गठन | फागुन ११ अगाडी अध्यादेशहरु संसदमा पेश नगरिने लगभग निश्चित | सत्ता पक्षका सचेतकहरुको बैठकमा जसपा नेपाल किन अनुपस्थित भयो ? | स्टार बलरहरुबिना च्याम्पियन्स ट्रफी, चोटले परेशान भारतीय र अष्ट्रेलियन टोली | झापामा प्रहरी कार्यालयभित्रै सई मृत फेला | सुनको मूल्य २ हजार ७ सयले घट्यो | निजामती र शिक्षा विधेयक अगाडि बढाउने सत्तारुढ दलको निर्णय | बाराको सुधारकेन्द्र अनुशासनिक कारबाही अस्वीकार गरेपछि भएको कुटपीटमा परेर मण्डलको मृत्यु भएको खुलासा |

प्रत्यक्ष प्रसारण चलिरहेकै समयमा अल जजिराको कार्यालयमा पस्यो इजरायली सेना





एजेन्सी ।
इजरायली सेनाले आफ्नो कब्जामा रहेको वेस्ट बैंकको रामल्लाहस्थित न्युज च्यानल अल जजिराको कार्यालयमा छापा मारेको छ । उसले अल जजिराको कार्यालय ४५ दिनका लागि बन्द गर्न आदेश पनि दिएको छ ।
आइतबार बिहान सशस्त्र तथा मुखौटा लगाएका इजरायली सैनिक प्रत्यक्ष प्रसारण भइरहेकै बेला अल जजिराको कार्यालयमा प्रवेश गरेको बीबीसीले जनाएको छ । त्यसपछि उनीहरूले अल जजिराको वेस्ट बैंक ब्युरो प्रमुख वालिद अल–ओमारीलाई न्युज च्यानल ४५ दिन बन्द गर्न आदेश दिएको बीबीसीले जनाएको छ । जुन दर्शकले लाइभ हेरिरहेका थिए ।
अल जजिराले भनेको छ, ‘यसरी पत्रकारहरूलाई निशाना बनाउनुको उद्देश्य सत्य मेटाउने र मानिसहरूलाई सत्य सुन्नबाट रोक्नु हो ।’ गत अप्रिलमा इजरायलको संसद्ले एउटा कानुन पारित गरेको थियो, जसले सरकारलाई युद्धको समयमा राष्ट्रिय सुरक्षाका लागि खतरा मानिने विदेशी समाचार प्रसारकलाई अस्थायी रूपमा बन्द गर्ने अधिकार दिएको छ ।