Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

भारतले पहिलो टेस्ट मैचमा बंगलादेशलाई २ सय ८० रनले हरायो





एजेन्सी ।
भारत र बंगलादेशबिच टेस्ट श्रृंखलाको पहिलो मैचमा भारतले विजयी शुरुवात गरेको छ । बंगलादेशलाई २ सय ८० रनले पराजित गर्दै भारतले जीत निकालेको छ । ५ सय १५ रनको लक्ष्य सहित जवाफमा उतरिएको बंगलादेशी टिम २ सय ३४ रनमा समेटिएको थियो ।
पहिलो इनिंगमा २ सय २७ रनले पछाडी पर्दै ५ सय १५ रनको लक्ष्य पछ्याउने क्रममा बंगलादेशका लागि कुनै पनि ब्याट्समैनले उत्कृष्ट प्रदर्शन गर्न सकेनन् । बंगलादेशको दोस्रो इनिंग्स नजमुल हुसैन सन्तोले ८२ रनको योगदान गर्नु बाहेक अन्य कुनै ब्याट्समैनले उत्कृष्ट प्रदर्शन गर्न सकेनन् ।
यसअघि भारतले पहिलो ईनिंग्समा ३ सय ७६ रनमा समेटिएको थियो र दोस्रोे ईनिंग्समा ४ विकेटको क्षतिमा २ सय ८७ रन बनाएर डिकिलियर गरेको थियो । भारतको जीतमा रविचन्द्रन आश्विन नायक बने । उनले यो टेस्ट मैचमा एक शतकीय पारी खेल्नुका साथै ६ विकेट लिन समेत सफल भए ।