Breaking 
विदेहनगरपालिकामा विवाद, प्रशासकीय अधिकृत कुटिए | बुधबारको विदेशी मुद्राको विनिमय दर कति ? | खुकुरी प्रहार गरेर ८ महिने नाति र हजुरआमाको हत्या | चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु | उत्तरी अफगानिस्तानको एउटा बैंक बाहिर आत्मघाती विस्फोट, कम्तीमा ६ को मृत्यु | ६ दिनदेखि हराइरहेका बालक फेला, प्रहरीले परिवारजन्यलाई बालक जिम्मा लगाए | मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले विद्यार्थीहरुलाई संविधान र संघियता पढाउने | अस्थि विसर्जनका लागि निस्केका जनकपुरधामका विश्वनाथ महतो सिमरिया घाटबाट बेपत्ता | नक्टाझिजमा दुर्घटनामा परेर शिक्षकको मृत्यु, मिथिला नगरपालिकामा शोक | मोडेल कलेज अफ ल मा यसै शैक्षिकसत्रदेखि वीए एलएलबी(५ वर्षे) को पढ़ाइ हुने |

श्रीलंकाको राष्ट्रपति निर्वाचनः मतगणना जारी, वामपन्थी नेता दिसानायकेलाई अग्रता





एजेन्सी ।
श्रीलंकामा राष्ट्रपति निर्वाचनको मतगणना जारी छ । हालसम्मको नतिजामा वामपन्थी नेता अनुरा दिसानायकेले सानदार अग्रता लिएका छन् ।
श्रीलंकाको निर्वाचन आयोगको आँकडाअनुसार १० लाख भोट गणना भइसक्दा दिसानायकेले ५० प्रतिशत मत पाएका छन् । राष्ट्रपति निर्वाचित हुन ५१ प्रतिशत मत ल्याए पुग्छ ।
दिसानायके नेशनल पिपुल्स पावर (एनपीपी) गठबन्धनको उम्मेदवार हुन् । यो गठबन्धनमा उनको पिपुल्स लिवरेसन फ्रन्ट पार्टी (जेभीपी) पनि सामेल छ ।
दिसानायकेपछि साजिथ प्रेमदासाको पार्टी २० प्रतिशत मतसहित दोस्रो स्थानमा र वर्तमान राष्ट्रपति रनिल विक्रमासिंघे १८ प्रतिशत भोटसहित तेस्रो स्थानमा छन् । पूर्वराष्ट्रपति गोटाबाया राजपाक्षेका छोरा नमल राजपाक्षेले केबल १ प्रतिशत मत पाएका छन् ।
श्रीलंकाको राष्ट्रपति पदका लागि ३८ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । नयाँ राष्ट्रपति चयनका लागि शनिबार मतदान भएको थियो । बीबीसीका अनुसार निर्वाचनमा ७० प्रतिशत मतदान भएको छ ।
मतदान सकिएलगत्तै देशभर कर्फ्यु लगाइएको छ । मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भए पनि मतगणनाको क्रममा हुन सक्ने सम्भावित तनावलाई मध्यनजर गरी कर्फ्यु लगाइएको सरकारी अधिकारीहरुले बताएका छन् ।
श्रीलंकामा दुई वर्ष अगाडि आर्थिक संकट चुलिएपछि विरोध प्रदर्शन भएको थियो । विरोध प्रदर्शन थेग्न नसकेपछि तत्कालीन राष्ट्रपति गोटाबाया राजपाक्षेले देश छाड्न बाध्य भएका थिए । त्यसपछि पहिलोपटक नयाँ राष्ट्रपति चयनका लागि शनिबार मतदान भएको थियो ।
यस चुनावलाई देशको अर्थव्यवस्था सम्हाल्ने सरकारको जनमतसंग्रहको रुपमा हेरिएको छ । हाल श्रीलंकाको आर्थिक अवस्था केही सुध्रिएको बताइन्छ ।