जनकपुरधाम ।
धनुषाको पुष्पवलपुर सव डिविजन वन कार्यालयले एक जना तस्करलाई पक्राउ गरेको छ ।
पुष्पवलपुर सव डिविजन वन कार्यालयबाट खटेको टोलीले जगदर खोला वन क्षेत्रबाट काठ तस्करीमा संलग्न एक जनालाई पक्राउ गरेको हो । पक्राउ परेका तस्करको साथबाट १० थाल र ३४ थान फल्ली बरामद गरेको जानकारी धनुषाका डिएफओ विनोद सिंहले जानकारी दिए । पछिल्लो समयमा सो क्षेत्रबाट तस्करी बढेकोे गुनासोका बिच पुष्पवलपुर ससव डिविजन कार्यालयले गस्ती टोली खटाउँदै आईरहेको छ ।