Breaking 
उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन | सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीबाट रामेश्वर चौधरी मन्त्री नियुक्त | मैथिली कथा गोष्ठी सम्पन्न | तीनकुने घटनाबारे मानव अधिकार आयोगको अनुसन्धान पूरा, प्रतिवेदन सार्वजनिक गर्ने तयारी | २५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा सम्वाद सम्पन्न | मधेसका पूर्वमन्त्री विजय यादव र बागमती नगरपालिकाका तत्कालिन नगरप्रमुखविरुद्ध अख्तियारद्वारा फेरी अर्को मुद्दा दर्ता | रवि लामिछानेको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश | एमालेको ७६ जिल्लामा अधिवेशन सम्पन्न, धनुषाको विवाद अझै सल्टिएन, जेठ ७ गते मतदान गराउन निर्देशन | चर्चा शैक्षिक हबकेँ मा अवकाशप्राप्त शिक्षक चन्देश्वरलाल कर्ण, उहाँले भन्नुभयो – राराब क्याम्पकमा पढाइ र परीक्षा प्रणालीमा आदर्श स्थापित गर्नुपर्छ | स्थानीय तहहरुले पुँजीगत खर्च बढाउन सकेन, ४ अर्ब बढी कानूनविपरित गरे रकमान्तर |

ओली र मोदीबिचको भेटघाट निश्चित





काठमाडौँ ।
संयुक्त राष्ट्र सङ्घको कार्यक्रममा सहभागी हुन अमेरिका पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच अमेरिकामा भेटघाट गर्ने समयतालिका तय भएको छ ।
भारतीय प्रधानमन्त्री मोदीको सचिवालयले अमेरिकाको समय सेप्टेम्बर २२ तारिख साँझ ५ः३० बजे (नेपाली समय २३ तारिख बिहान ३ः४५ बजे) प्रधानमन्त्री ओलीसँगको भेटघाटको समय कार्यतालिकामा राखेको छ । तर त्यसमा स्टार लगाएर पनि राखेको छ । स्रोतले भन्यो –’स्टारको अर्थ समयमा तलमाथि हुनसक्छ तर साइडलाइन भेटवार्ता लगभग फिक्स नै हो ।’
पछिल्लो समय प्रधानमन्त्री ओलीले इपीजी र सीमा समस्याको बारेमा दिएको अभिव्यक्तिका कारण भारतसँग सम्बन्ध चिसिएको थियो । प्रधानमन्त्री मोदीले ती कुराहरूमा स्पष्ट हुन पनि भेट्न चाहेको स्रोतले जनाएको छ । यो भेटघाट पछि प्रधानमन्त्री ओलीको भारतसँगको अगामी सम्बन्ध बारे धेरै कुरा तय गर्नेछ ।
युएनमा सेप्टेम्बर १९ मा इजरायल र हमासको विषयमा भएको एक मतदानमा दुवै देश तटस्थ बसेका छन् । इजरायल ले कब्जा गरेको हमासको भूमी छाड्नु पर्ने प्रस्तावमा दुवै देश तटस्थ बसेका छन् ।