Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

राजापाक्षे देश छोडेर भागेपछि श्रीलंकामा आज पहिलो चुनाव





एजेन्सी ।
श्रीलंकामा आज (सेप्टेम्बर २१, शनिबार) राष्ट्रपतीय निर्वाचनका लागि मतदान हुँदै छ । सन् २०२२ मा आर्थिक संकटपछिको यो पहिलो निर्वाचन हो । त्यसबेला श्रीलंकामा ठूलो मात्रामा विरोध प्रदर्शन भएको थियो ।
त्यसपछि तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षेले देश छाड्नुपरेको थियो भने प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिनुपरेको थियो । त्यसपछि रनिल विक्रमासिङ्घे श्रीलंकाको राष्ट्रपति बने । आजको निर्वाचनलाई मुलुकमा आर्थिक सुधारका रूपमा हेरिएको छ ।
करवृद्धि, अनुदानमा कटौती र कल्याणकारी योजनाका कारण देशका धेरै जनता अझै पनि समस्यामा छन् । धेरै विश्लेषकहरूले यस चुनावमा मतदाताहरूमा आर्थिक सुधारको चिन्ता हुने भएकाले कडा प्रतिस्पर्धा हुन सक्ने अनुमान गरेका छन् ।