Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

दक्षिण अफ्रिकालाई हराउँदै अफगानिस्तानले जित्यो सिरिज





एजेन्सी ।
यूएईमा जारी तीन खेलको एकदिवसीय सिरिजको दोस्रो खेलमा दक्षिण अफ्रिकालाई १७७ रनले हराउँदै अफगानिस्तानले सिरिज जितेको छ ।
अफगानिस्तानको यो ठूलो जितमा राशिद खान नायक बने । उनले ९ ओभरमा १९ रन दिएर ५ विकेट लिए । खेलको प्लेयर अफ द म्याचको अवार्ड राशिद खानले पाए । अनि विकेटकिपर ब्याट्सम्यान रहमानउल्लाह गुरबाजले शतक खेल्दै १०५ रन बनाए ।
खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ३१४ रनको ठूलो स्कोर बनाएको थियो । गुरबाजले शतक तथा अजमातुल्लाह उमरजाई र रहमत शाहले अर्धशतक खेले ।
टोलीका लागि उमरजाईले ८६ रन जोडे भने रहमत शाहले ५० रन जोडे । लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकी टोलीले राम्रो सुरुवात गरेको थियो । तर पछि टोली लडखडाउँदै गयो र जम्मा १३४ रनमा अलआउट भयो । दक्षिण अफ्रिकाका लागि कप्तान टेम्बा बाभुमाले सर्वाधिक ३८ रन बनाए ।