Breaking 
लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा सिरहा प्रहरीद्वारा पाँच पक्राउ, आजै सार्वजनिक पनि गरियो | दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अनुमति | उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन | सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीबाट रामेश्वर चौधरी मन्त्री नियुक्त | मैथिली कथा गोष्ठी सम्पन्न | तीनकुने घटनाबारे मानव अधिकार आयोगको अनुसन्धान पूरा, प्रतिवेदन सार्वजनिक गर्ने तयारी | २५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा सम्वाद सम्पन्न | मधेसका पूर्वमन्त्री विजय यादव र बागमती नगरपालिकाका तत्कालिन नगरप्रमुखविरुद्ध अख्तियारद्वारा फेरी अर्को मुद्दा दर्ता | रवि लामिछानेको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश | एमालेको ७६ जिल्लामा अधिवेशन सम्पन्न, धनुषाको विवाद अझै सल्टिएन, जेठ ७ गते मतदान गराउन निर्देशन |

दक्षिण अफ्रिकालाई हराउँदै अफगानिस्तानले जित्यो सिरिज





एजेन्सी ।
यूएईमा जारी तीन खेलको एकदिवसीय सिरिजको दोस्रो खेलमा दक्षिण अफ्रिकालाई १७७ रनले हराउँदै अफगानिस्तानले सिरिज जितेको छ ।
अफगानिस्तानको यो ठूलो जितमा राशिद खान नायक बने । उनले ९ ओभरमा १९ रन दिएर ५ विकेट लिए । खेलको प्लेयर अफ द म्याचको अवार्ड राशिद खानले पाए । अनि विकेटकिपर ब्याट्सम्यान रहमानउल्लाह गुरबाजले शतक खेल्दै १०५ रन बनाए ।
खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ३१४ रनको ठूलो स्कोर बनाएको थियो । गुरबाजले शतक तथा अजमातुल्लाह उमरजाई र रहमत शाहले अर्धशतक खेले ।
टोलीका लागि उमरजाईले ८६ रन जोडे भने रहमत शाहले ५० रन जोडे । लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकी टोलीले राम्रो सुरुवात गरेको थियो । तर पछि टोली लडखडाउँदै गयो र जम्मा १३४ रनमा अलआउट भयो । दक्षिण अफ्रिकाका लागि कप्तान टेम्बा बाभुमाले सर्वाधिक ३८ रन बनाए ।