Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

प्रादेशिक अस्पताल जनकपुरधामको निर्देशकमा डा. जामुन सिंह नियुक्त





जनकपुरधाम ।
दुई महिनादेखि निर्देशकविहिन रहेको प्रादेशिक अस्पताल जनकपुरधामले निर्देशक पाएको छ ।
प्रादेशिक अस्पतालमै कार्यरत रहेका बालरोग विशेषज्ञ डा. जामुन सिंहलाई निर्देशक पदमा चयन गरिएको छ । प्रादेशिक अस्पतालको निर्देशक पदमा कार्यरत रहेकै समयमा डा. रामनरेश पण्डितको सरुवा भएपछि काठमाडौंमा तानिएको थियो । तर उनी फेरी सरुवा भएर जनकपुरधाम नै आई पुगेका छन् । ११औँ तहका डा.पण्डितलाई नै निर्देशक बनाइने सम्भावना रहेपनि अन्ततः प्रदेश सरकारले डा. सिंहलाई प्रादेशिक अस्पतालको निर्देशकमा चयन गरेको हो ।
यता डा. पण्डितलाई प्रदेश सरकारले काजमा नखटाउँदा विगत एक महिनादेखि मुख्यमन्त्री कार्यालयमै हाजिरी गर्दै आईरहेका छन् ।