Breaking 
विदेहनगरपालिकामा विवाद, प्रशासकीय अधिकृत कुटिए | बुधबारको विदेशी मुद्राको विनिमय दर कति ? | खुकुरी प्रहार गरेर ८ महिने नाति र हजुरआमाको हत्या | चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु | उत्तरी अफगानिस्तानको एउटा बैंक बाहिर आत्मघाती विस्फोट, कम्तीमा ६ को मृत्यु | ६ दिनदेखि हराइरहेका बालक फेला, प्रहरीले परिवारजन्यलाई बालक जिम्मा लगाए | मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले विद्यार्थीहरुलाई संविधान र संघियता पढाउने | अस्थि विसर्जनका लागि निस्केका जनकपुरधामका विश्वनाथ महतो सिमरिया घाटबाट बेपत्ता | नक्टाझिजमा दुर्घटनामा परेर शिक्षकको मृत्यु, मिथिला नगरपालिकामा शोक | मोडेल कलेज अफ ल मा यसै शैक्षिकसत्रदेखि वीए एलएलबी(५ वर्षे) को पढ़ाइ हुने |

प्रादेशिक अस्पताल जनकपुरधामको निर्देशकमा डा. जामुन सिंह नियुक्त





जनकपुरधाम ।
दुई महिनादेखि निर्देशकविहिन रहेको प्रादेशिक अस्पताल जनकपुरधामले निर्देशक पाएको छ ।
प्रादेशिक अस्पतालमै कार्यरत रहेका बालरोग विशेषज्ञ डा. जामुन सिंहलाई निर्देशक पदमा चयन गरिएको छ । प्रादेशिक अस्पतालको निर्देशक पदमा कार्यरत रहेकै समयमा डा. रामनरेश पण्डितको सरुवा भएपछि काठमाडौंमा तानिएको थियो । तर उनी फेरी सरुवा भएर जनकपुरधाम नै आई पुगेका छन् । ११औँ तहका डा.पण्डितलाई नै निर्देशक बनाइने सम्भावना रहेपनि अन्ततः प्रदेश सरकारले डा. सिंहलाई प्रादेशिक अस्पतालको निर्देशकमा चयन गरेको हो ।
यता डा. पण्डितलाई प्रदेश सरकारले काजमा नखटाउँदा विगत एक महिनादेखि मुख्यमन्त्री कार्यालयमै हाजिरी गर्दै आईरहेका छन् ।