जनकपुरधाम
मधेश प्रदेशसभाको चालु तेस्रो अधिवेशन आजराती १२ बजेदेखि अन्त्य भएको छ । अधिवेशन अन्त्यका लागि मधेश प्रदेश सरकारको मन्त्रीपरिषदको आज बसेको बैठकबाट अन्त्य गर्न निर्णय अनुसार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसँग सिफारिस गरिएको थियो ।
नेपालको संविधानको धारा १८३ को उपधारा(२) बमोजिम प्रदेश प्रमुखले अन्त्य गर्ने घोषणा गरेको जानकारी प्रदेश प्रमुख कार्यालयका निमित सचिव शत्रुधन यादवद्वारा जारी विज्ञप्तिमा उल्लेख रहेको छ ।