Breaking 
जनकपुरधाममा भव्य योग शिविर सम्पन्न, मुख्यमन्त्रीसहित सयौले जनाए उत्साहजनक सहभागिता | बृहत्तरका तत्कालिन निर्देशक बलराम ठाकुर सहित ९ जनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता | हिरासतमा बस्दा रवीन्द्र मिश्रले लेखे ३५ वटा कविता | ११ महिनामा यूएईमा २८१ नेपालीको मृत्यु | प्रहरीले पत्रकार दिलभूषणलाई पक्राउ गर्न नपाउने, उच्च अदालतले दियो यस्तो आदेश | अफताब आलमलाई सफाइ दिने न्यायाधीश छानबिनमा, दुवैलाई न्याय परिषदमा तानियो | प्रतिनिधिसभा बैठकमै सांसदले च्याते बजेट पुस्तिका | इजरायलले सार्वजनिक गर्यो युद्धको क्षति विवरणः २४ को मृत्यु, ८३८ घाइते | म्यान्माकी आङ सान सुकीले जेलमै मनाइन् ८०औँ जन्मदिन | कि समाजवादी मोर्चा सत्ताक सिढी मात्रे साबित भेल ? |

रास्वपा सभापति लामिछानेविरुद्ध संगठित अपराधमा पुरक अभियोग लैजाँदै प्रहरी





काठमाडौं ।
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी विशेष संसदीय छानबिन समितिले प्रतिवेदन बुझाएसँगै प्रहरीले रवि लामिछानेविरुद्ध पुरक अभियोग लैजाने तयारी गरेको छ ।
प्रहरी प्रधान कार्यालय उच्च स्रोतका अनुसार सांसद् सूर्य थापा नेतृत्वको विशेष छानबिन समितिले गोरखा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेलाई कानून बमोजिम कारबाही गर्न गरेको सिफारिसका आधारमा पुरक अभियोग लैजाने तयारी थालिएको हो ।
छानबिन समितिले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी विशेष छानबिनको प्रतिवेदन सोमबार संसदमा बुझाएको थियो । लगत्तै सभामुख देवराज घिमिरेले कार्यान्वयनका लागि सरकारसमक्ष पठाउन सचिवालयलाई निर्देश गरेका थिए । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले प्रतिवेदन कार्यान्वयन गर्न सम्बन्धित मन्त्रालयमा पठाउने निर्णय गरेको थियो ।
गृह मन्त्रालयबाट प्राप्त निर्देशन अनुसार प्रहरीले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछाने र सञ्चालक छविलाल जोशीविरुद्ध पुरक अभियोग लैजाने तयारी गरेको प्रहरी उच्च स्रोतले पुष्टि गरेको छ । प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृतले यसका लागि तयारी थाल्न जिल्ला प्रहरी कार्यालय कास्कीलाई निर्देशन दिइसकिएको बताए ।
ती अधिकृतका अनुसार, छानबिन समितिले किटान गरेका सञ्चालक समितिका अध्यक्ष गितेन्द्रबाबु राई र सदस्य कुमार रम्तेलविरुद्ध पहिल्यै मुद्दा चलिसकेकाले बाँकी रहेका लामिछाने र जोशीविरुद्ध पुरक अभियोग जानेछ । राईविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा रेड नोटिस जारी भएको छ भने मलेसियामा रहेका उनलाई फर्काउन प्रहरीले प्रयास गरिरहेको छ । रम्तेल पुर्पक्षका लागि थुनामा छन् ।
जिल्ला प्रहरी कार्यालय, कास्कीका एक अनुसन्धान अधिकृतका अनुसार, २२ माघमा लामिछानेसहित १८ जनाविरुद्ध २५ जना पीडितले पुरक जाहेरी दिएका थिए । त्यही जाहेरी र संसदीय समितिको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलसमक्ष रायसहितको प्रतिवेदन पठाउने गरी गृहकार्य भइरहेको छ ।
पुरक जाहेरीमा लामिछाने, पूर्वउपराष्ट्रपतिका छोरा दिपेश पुन, सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष ज्ञानबहादुर बम्जन, ऋणी नेत्रपाणि बाँस्तोलासहित १४ संस्थालाई प्रतिवादी बनाइएको छ ।