Breaking 
अमेरिकी डलर र युरोको भाउ घटबढ, अरुको कति ? | नौ महिना अन्तरिक्षमा अड्किएका सुनिता र बुच अन्ततः पृथ्वी फर्किए | चीनमा सुँगुरको मिर्गाैला मान्छेमा सफलतापूर्वक प्रत्यारोपण | अब भन्सारमा जफत सामान ३ महिनाभन्दा बढी थन्काउन नपाइने | ट्रम्पको ‘ट्रुथ सोसल’मा मोदी पनि सहभागी | सबैला घटनालाई लिएर तत्काल चोकको नामाकरण नगर्नेसहित ५ बुँदे सहमति | जनकपुरधाममा भूमिगत जल संगोष्ठी हुने | पोखरा भ्रमण वर्ष बेलुन विस्फोट घटनाः छानबिन समितिले गृहमन्त्रीलाई बुझायो प्रतिवेदन | शैक्षिक संस्थाद्वारा विद्यार्थीहरुसँग लिइने शुल्कको विषयमा जनकपुरधाम उपमहानगर गम्भिर | सप्तरीको महेन्द्र विन्देश्वरी क्याम्पसबाट स्ववियु निर्वाचनको क्रममा फर्जी मतदाता पक्राउ |

महेश भट्टले पोडकास्ट सुरु गर्ने





एजेन्सी ।
बलिउडका दिग्गज फिल्ममेकर महेश भट्टले शुक्रबार ७६ औँ जन्मदिन मनाइरहेका छन् । उनले आफ्नो करियरमा आशिकी, सारांश र सडक जस्ता धेरै हिट फिल्महरू दिए ।
आफ्नो जन्मदिनको अवसरमा उनले दैनिक भास्करलाई विशेष अन्तर्वार्ता दिएका हुन् । जसमा उनले आफ्नो पर्सनल लाइफका बारेमा धेरै कुरा खुलाए ।
भट्टका अनुसार उनले छिट्टै पोडकास्ट सुरु गर्दैछन्, जसमा आफूले जीवनमा कुनै न कुनै कुराको लत बसेका व्यक्तिहरूसँग कुरा गर्ने बताए । इमरान जाहिदले यो पोडकास्ट निर्माण गर्दैछन् ।
‘मैं ने दिल से कहा नामको पोडकास्ट सुरु गर्दैछु । हामी सबै आफ्नो व्यक्तिगत जीवनमा केही अन्धकारसँग संघर्ष गरिरहेका छौं । म रक्सी सहित धेरै लतबाट गुज्रिए । लत जुनसुकै कुराको पनि हुनसक्छ भनी बताउछु । मैले ३८ वर्षदेखि एक थोपा रक्सी पनि पिइनँ । हामीले त्यो समस्या भोगिसकेका छौं, त्यसैले हामीले त्यो कुरा बुझ्न सक्छौं,’उनले भने ।
साथै, उनले आफ्नो निजी जीवनबारे थप खोल्दै लतबारे चर्चा गर्न जरुरी रहेको सुनाए । उनले अन्तर्वार्तामा भने, ‘प्रायः असफल मानिसहरू मात्र रक्सी पिउने गर्छन् । सुरुमा सस्तो ब्रान्डको रक्सी पिउने गर्छ । जब उनी सफल हुन्छन्, उनी महँगो ब्रान्डहरू किन्न थाल्छन् । रक्सीको लतबाट कसरी छुटकारा पाउनुको पछाडि एउटा कथा छ । मेरी कान्छी छोरी शाहिन जन्मिइन् । उनको जन्म हुँदा म धेरै खुसी थिएँ । दुई दिनसम्म लगातार मदिरा पिउदै थिए । एक दिन मैले उसलाई आफ्नो काखमा लिएँ र उसले आफ्नो अनुहार फर्काइ । त्यतिखेर मलाई प्रकृतिले यो विष छोडिदिनुपर्छ भन्यो जस्तो लाग्यो । त्यस दिनदेखि मैले रक्सीको एक थोपा पनि पिइनँ ।’