Breaking 
शिक्षासेवी अग्रवाललाई राजर्षि जनक विश्वविद्यालयको सभा सदस्यमा नियुक्त | एमालेको पोलिटब्युरो बैठकमा परिमार्जित विधानको मस्यौदा पेश, शनिबारसम्मका लागि बैठक स्थगित | नेपालमा टेलिग्राम एप बन्द | साउन २१ भित्र शिक्षा ऐन जारी गर्न सरकारलाई शिक्षक महासंघको अल्टिमेटम | एकीकृत समाजवादी र वामदेव गौतम नेतृत्वको नेकपा एकताबीच एकता घोषणा | सिरहाको सुखीपुर नगरपालिकाबाट ७ सय किलो बढी गाँजा बरामद | संघीय लोकतान्त्रिक मोर्चाले सातै प्रदेशमा अन्तरक्रिया गर्ने | अफताब आलमलाई सफाइ दिने फैसलाविरुद्धको मुद्दा सर्वोच्चमा पुग्यो | भारतीय क्रिकेटर मोहम्मद सामीकी पत्नीविरुद्ध हत्या प्रयासको आरोप | ज्ञानेन्द्र शाही र कुलमान घिसिङलाई न्युयोर्कमा ‘ग्लोबल हिरो अवार्ड’ |

वैशाख ७ गते याक दिवस मनाउने सरकारको निर्णय





काठमाडौँ ।
सरकारले प्रत्येक वर्ष वैशाख ७ गते राष्ट्रिय याक दिवस मनाउने भएको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले असोज २ गते बसेको मन्त्रिपषिद बैठकले सो निर्णय गरेको जानकारी दिए ।
बालि तथा पशु धन बीमाको प्रिमियममा अनुदान उपलब्ध गराउने निर्देशिका, २०७० खारेज गर्ने ।
नेपाल र गणतन्त्र इन्डोनेशियाबीच हुने द्विपक्षीय परामर्श संयन्त्र स्थापना सम्बन्धी समझदारी पत्र स्वीकृत गर्ने । र उल्लेखित समझदारी पत्रमा समकक्षी मिलाइ हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई अख्तियारी प्रदान गर्ने ।
समस्याग्रस्त सहकारी संस्था व्यवस्थापन समितिको रिक्त पदमा ध्रुव आचार्य, ललिताकुमारी महर्जन र महेशकुमार काफ्लेलाई मनोनित गर्ने । राष्ट्रिय सहकारी विकास बोर्डको कार्यकारी समितिमा बागमती प्रदेशबाट तेजेन्द्रबहादुर खड्का, गण्डकी प्रदेशबाट प्रदिप राज अधिकारी, लुम्बिनीबाट गुणनिधि भुसाल, कोशी प्रदेशबाट एकराज निरौला र कर्णाली प्रदेशबाट भूपेन्द्रबहादुर सिंहलाई मनोनयन गर्ने ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तत्कालीन वन्यजन्तु आरक्ष बिस्तार हुँदा राष्ट्रिय निकुञ्जभित्र परेका नम्बरी आवादी जग्गाहरुको सट्टा भर्ना गर्ने सम्बन्धमा उच्च अदालतका पूर्वन्यायाधीश जयानन्द पनेरुको अध्यक्षतामा ६ सदस्यीय अधिकार सम्पन्न आयोग गठन गर्ने ।
नेपाल इन्टर मोडल यातायात विकास समिति काठमाडौंको दोधारा चाँदनी सुख्खा बन्दरगाह एकीकृत जाँच चौकी निर्माणको लागि राष्ट्रिय वनको जग्गा प्रयोग गर्न दिने । पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा गठित त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पती खोजबिन समितिको म्याद २ महिना थप गर्ने र संयोजक महेन्द्रकुमार थापा रहने गरी तोक्ने । शारदा प्रसाद त्रिताल बिरामी भएको हुनाले उनको स्थानमा महेन्द्र कु. थापालाई तोकिएको छ ।