Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

सहकारीबाट रविले मात्रै बुझे १ करोड बढी रकम, कसले कति बुझे ?





काठमाडौं ।
सहकारीको पैसामा ग्यालेक्सी टेलिभिजनबाट ठूलो मात्रामा तलब बाँडिएको देखिएको छ । सबैभन्दा बढी तलब तत्कालीन प्रवन्ध निर्देशक रवि लामिछानेले मासिक ६ लाखभन्दा बढीको दरले लिएको देखिएको छ ।
लामिछानेले आर्थिक वर्ष ०७८÷०७९मा मात्र ७४ लाख रुपैयाँ लिएका छन् । अघिल्लो आर्थिक वर्षमा उनले ३० लाख लिएका थिए ।
उनीपछि धेरै तलब लिनेमा विपीन आचार्य देखिएका छन् । उनले मासिक झण्डै तीन लाख लिने गरेको देखिएको छ । उनले आर्थिक वर्ष ०७८÷७९मा ३४ लाख ३८ हजार ३८० रुपैयाँ तलब बुझेका छन् । अघिल्लो आर्थिक वर्षमा २५ लाख ९३ हजार बुझेका छन् ।
ग्यालेक्सी फोरके टेलिभिजनले तलबवापत मात्र १४ करोड ९३ लाख २२ हजार ३३ रुपैयाँ बाँडेको पाइएको छ । जसमध्ये अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईले कर्मचारीकै नामबाट आर्थिक वर्ष ०७८÷७९मा ३० लाख बुझेका छन् ।