Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

विस्फोट भएका पेजर हाम्रो देशमा बनाइएका होइनन् ताइवानले दियो स्पष्टीकरण





एजेन्सी ।
ताइवानले लेबनानमा हिजबुल्लाहका पेजरमा भएका विस्फोटबारे स्पष्टीकरण दिएको छ । ताइवानको सरकारले सशस्त्र समूह हिजबुल्लाहले प्रयोग गरेका हजारौँ पेजरका पार्ट्स आफ्नो देशमा नबनाइएको बताएको छ ।
यो बयान ताइवानी कम्पनी गोल्ड अपोलोको बयानपछि आएको हो, जसमा यो हमलामा प्रयोग गरिएका उपकरण नबनाएको भनिएको थियो । लेबनानी सरकारले मंगलबार भएका हजारौँ पेजर विस्फोटमा दुई बालबालिकासहित १२ जनाको मृत्यु तथा कम्तीमा ३,००० व्यक्ति घाइते भएको बताएको छ ।
पेजरका साथै वाकी–टकी पनि विस्फोट भएको र यसमा इजरायललाई आरोप लागेपछि दुई पक्षबीच तनाव बढेको छ । शुक्रबार ताइवानका अर्थमन्त्री कुओ जि–हुईले पत्रकारहरूलाई भने, ‘हिजबुल्लाहका पेजर हाम्रो देशमा बनाइएको थिएन ।’
यस विषयमा न्यायिक छानबिन सुरु भइसकेको पनि उनको भनाइ छ । उनले भने, ‘म सत्य उजागर गर्न चाहन्छु, किनभने ताइवानले त्यो मोडलको पेजर कहिल्यै निर्यात गरेको छैन ।’ यसअघि गोल्ड अपोलोका प्रमुख सु चिङ–कुआङले यी दुर्घटना र आफ्ना उपकरणबीच कुनै सम्बन्ध नभएको बताएका थिए ।
हुइका अनुसार हङ्गेरियन कम्पनी बीएसी कन्सल्टिङलाई गोल्ड अपोलो ब्रान्ड नाम प्रयोग गर्न अनुमति दिइएको थियो । यद्यपि, बीएसीको सीईओ क्रिस्टियाना बार्सोनी–असिडियाकोनोले अमेरिकी समाचार प्लेटफर्म एनबीसीसँग यी पेजर आफ्नो कम्पनीले नबनाएको दाबी गरेकी थिइन् । हंगेरी सरकारले भनेको छ, ’देशमा बीएसीका कुनै उत्पादन वा कारखाना छैनन् ।’
तर न्युयोर्क टाइम्सले आफ्नो एउटा रिपोर्टमा इजरायली गुप्तचर अधिकारीहरूलाई उद्धृत गर्दै बीएसी एउटा शेल कम्पनी भएको र यसले इजरायलका लागि काम गरेको बताइएको छ ।