Breaking 
नो केवलकार समुहले आन्दोलनको घोषणा गरे, अब म मुकुमलुङ जान्छु - पूर्वउप प्रधानमन्त्री राजेन्द्र महतो | जापानले हेल्थ केयरमा २० हजार नेपाली लैजाने | काठमाडौंमा फेरि शक्ति प्रदर्शन गर्ने तयारीमा शिक्षकहरू | माओवादी केन्द्रले बोलायो जनप्रतिनिधिको राष्ट्रिय भेला | काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोट समितिले अन्तिम १० जना प्रतिस्पर्धीको सूची सार्वजनिक गरे | प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता | वन मन्त्रालयको नाम फेर्न प्रस्ताव | खानेपानी मन्त्रालयमा भएको आगलागीको छानबिन गर्न माग | नो केबलकार समूहद्वारा थप आन्दोलनको घोषणा | ममता कुलकर्णीबिरुद्ध आवाज उठाउने हिमाङ्गी सखीमाथि सांघातिक आक्रमण |

पश्चिम बङ्गालमा चिकित्सकहरूको आन्दोलन स्थगित





काठमाडौँ ।
भारतको पश्चिम बङ्गालमा चिकित्सकहरूले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । यो सँगै पछिल्लो ४१ दिनदेखि आन्दोलनमा रहेका चिकित्सकहरू काममा फर्कने भएका हुन् ।
पश्चिम बङ्गालको कलकत्तास्थित आरजी कर मेडिकल कलेज एवं शिक्षण अस्पतालमा रेजिडेन्ट चिकित्सकको ड्यूटीको बेला बलात्कार र हत्या भएपछि त्यहाँका चिकित्सकहरू आन्दोलित भएका थिए ।
जुनियर चिकित्सकहरूको सङ्गठन वेस्ट बङ्गाल जुनियर डाक्टर्स फ्रन्टले शनिवार सीबीआई कार्यालयसम्म मार्च गर्ने र घटनाको जाँच सक्दो चाँडो पूरा गर्न माग गर्ने बताएको छ । साथै सङ्गठनले बहिरङ्ग सेवा माग पूरा नभएसम्म बन्द रहने भन्दै आपतकालीन सेवा सुचारु गर्ने बताएका छन् । घटनामा संलग्न दोषीको पत्ता लगाइ चाडोभन्दा चाडो सजाय दिन, मेडिकल कलेजका पूर्व प्राधानाध्यापक डा.सन्दीप घोषविरुद्ध कडा कारबाही हुनुपर्ने, कलकत्ता प्रहरीका कमिश्नर विनित गोयर र स्वास्थ्य सचिव नारायण स्वरुपको राजीनामा, स्वास्थ्यकर्मीका लागि उचित सुरक्षा व्यवस्था र सरकारी स्वास्थ्य संस्थामा चेतावनी दिने प्रवृतिको अन्त्य हुनुपर्ने माग राखेर उनीहरू आन्दोलनमा उत्रिएका थिए । यी पाँचमध्ये पश्चिम बङ्गाल सरकारले ३ मागमा सहमति जनाइसकेको छ ।
गत अगस्ट ९ मा आरजी कर अस्पतालमा कार्यरत रेजिडेन्ट डाक्टरको अस्पतालमै बलात्कारपछि हत्या भएको थियो ।