Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मधेस प्रदेशसभाको अर्थ तथा योजना समितिको सभापतिका लागि निर्वाचन हुँदै





जनकपुरधाम ।
मधेस प्रदेशसभा अन्तर्गतको अर्थ तथा योजना समितिको सभापति पदका लागि आज निर्वाचन हुँदैछ ।
मधेस प्रदेशसभा अन्तर्गत गठित विषयगत समितिहरुमध्ये अर्थ तथा योजना समितिमा रिक्त रहेको सभापति पदको निर्वाचन आज साँझ ६ बजे तोकिएको प्रदेशसभा सचिवालयले जनाएको छ । यस समितिका सभापति जनमत पार्टीका प्रदेशसभा सदस्य सतिशकुमार सिंह प्रदेशको मुख्यमन्त्री भएपछि पद रिक्त भएको थियो ।
प्रदेशसभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम १४९ बमोजिम प्रदेशसभा सचिवालयले यस पदको निर्वाचन तालिकासमेत जारी गरेको छ । जसअनुसार, बिहान १० बजेदेखि ५ बजेसम्म समितिका सदस्यहरुबाट मनोनयन दर्ता गर्ने तालिका रहेको प्रदेशसभा सचिवलायका निमित्त सचिव विपिनकुमार ठाकुरले जानकारी दिए ।
अपरान्ह साढे ५ बजे अन्तिम नामावली प्रकाशन गर्ने र ६ बजे सभापति पदको निर्वाचन हुने ठाकुरले बताए । निर्वाचन प्रदेशसभाको अर्थ तथा योजना समितिको सभाकक्षमा हुने जनाइएको छ ।