Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

जनकपुरधामको भमरपुरा चोकको एक लाँजमा वडाध्यक्ष र प्रहरीको संयुक्त छापामारी

यौन्यजन्य कार्यमा संलग्न रहेको आरोपमा ५ महिला सहित ७ पक्राउ





सुजीतकुमार झा
जनकपुरधाम
जनकपुरधामको भमरपुरा चोक स्थित एक लाँजमा छापामारी हुँदा ५ महिला सहित ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरु यौन्यजन्य कार्यमा संलग्न रहेका थिए । सो लाँजमा गलत कार्य भइरहेको शंका लागेपछि वडा नम्बर ७ का वडाध्यक्ष निरज साहले जिरोमाइल प्रहरीका सइसंगै आज लाँजमा पुगेका थिए ।
लाँजमा पुगेपछि ५ जना महिला र दूई युवक पक्राउ परेका छन् । महिलाहरु मध्ये एकजना भारततिरका र ४ जना सर्लाहीको चन्द्रनिगाहपुरको रहेको प्रहरीले जनाएको छ । १२ वर्षदेखि १८ वर्षसम्मको महिला रहेका छन् ।
लाँजमा कण्डम, रक्सी सहितहरु फेलापरेको वडाध्यक्ष साहले जनाए । वडाध्यक्ष सहित प्रहरी लाँजमा पुगेपछि २ जना युवा छतबाट तल हामफालेका थिए । जसमध्ये एकजना घाइते भएका छन् । घाइते युवकको प्रादेसिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ । अन्य युवकलाई पनि पक्राउ गरिएको छ । पक्राउ परेका अन्य व्यक्तिलाई सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ ।
दूईवटा मोटरसाइकलपनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
लाँजको सञ्चालक फरार भएका छन् । बिरयानी हाउसको छेउमा रहेको सो लाँजको बोर्डमा गेष्ट हाउस लेखिएको छ ।