Breaking 
जनमतकी सांसद सुमना शर्माविरुद्ध पक्राउ पुर्जी | सप्तरीको हनुमाननगर कङ्कालिनीमा दूईवटा मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु, १ घाइते | १६१ देशसंग व्यापार गर्ने नेपालको १२४ देशसंग व्यापार घाटा | इरानमाथि अमेरिकी आक्रमणको कतार, ओमान र इराकद्वारा निन्दा | संसदमा लफड़ा चलि रहँदा रास्वपाका सांसदहरु विदेश भ्रमणमा | मुक्तिक ८ द्वार– अष्टांग योग | सांसद अमरेश सिंहले नेपाललाई अर्को देशलाई लिजमा दिन भनेपछि लफड़ा | रास्वपाको ६ बुँदे निर्णय सार्वजनिक | सुनको मूल्यमा सामान्य बृद्धि | पाकिस्तानद्वारा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कारकालागि सिफारिश गर्ने घोषणा |

संविधान दिवसको बिरोधमा कालो झण्डासहित लोसपाको प्रदर्शन





जनकपुरधाम ।
मधेसको राजधानी जनकपुरधाममा संविधान दिवसको बिरोधमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले बिरोध प्रदर्शन गरेको छ । लोसपाका नेता कार्यकर्ताहरुले प्रदेशसभा सदस्य जितेन्द्र सोनलको नेतृत्वमा बिरोध प्रदर्शन गरे ।
विरोधको क्रममा सहभागीहरुले यो विभेदपूर्ण संविधानले मधेशी जनताको हक अधिकार संरक्षण नगरेको तथा सरकारले मधेसी जनताको अधिकारको ग्यारेन्टी हुने गरी संविधान संशोधन गर्न पनि अस्वीकार गरिरहेको भन्दै अपूर्ण संविधानको विरोधमा प्रदर्शन गरेको बताए । नेता सोनलले नेपालको संविधानमा मधेशी, आदिवासी, जनजाती, मुस्लिम, थारुलगायत सबैको अधिकार सुनिश्चित हुनुपर्ने माग गरे । आफूहरुले आफ्नो आवाज बुलन्द गरिरहँदा शासकके गोली बर्साएर संविधान जारी गरेको दिन अझै हाम्रो मानसपटलमा ताजै रहेको उनको भनाई थियो ।
लोसपाका नेता परमेश्वर साहले संविधानमा मधेशी जनताको अधिकार सुनिश्चित नगरिएकोले आफूहरुले असोज ३ लाई कालो दिनको रुपमा मनाउँदै आएको बताए । उनले संविधान संशोधन गर्नुपर्ने, झुठा मुद्दाहरु खारिजी गर्नुपर्ने, मधेशीलाई प्रताडित गर्ने काम बन्द गर्नुपर्ने लगायतका माग आफूहरुको रहेको बताए । यी मागहरु पूरा नभएसम्म असोज ३ लाई कालो दिनकै रुपमा प्रत्येक वर्ष मनाई रह्ने नेता साहले बताए ।