Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

संविधान दिवसको बिरोधमा कालो झण्डासहित लोसपाको प्रदर्शन





जनकपुरधाम ।
मधेसको राजधानी जनकपुरधाममा संविधान दिवसको बिरोधमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले बिरोध प्रदर्शन गरेको छ । लोसपाका नेता कार्यकर्ताहरुले प्रदेशसभा सदस्य जितेन्द्र सोनलको नेतृत्वमा बिरोध प्रदर्शन गरे ।
विरोधको क्रममा सहभागीहरुले यो विभेदपूर्ण संविधानले मधेशी जनताको हक अधिकार संरक्षण नगरेको तथा सरकारले मधेसी जनताको अधिकारको ग्यारेन्टी हुने गरी संविधान संशोधन गर्न पनि अस्वीकार गरिरहेको भन्दै अपूर्ण संविधानको विरोधमा प्रदर्शन गरेको बताए । नेता सोनलले नेपालको संविधानमा मधेशी, आदिवासी, जनजाती, मुस्लिम, थारुलगायत सबैको अधिकार सुनिश्चित हुनुपर्ने माग गरे । आफूहरुले आफ्नो आवाज बुलन्द गरिरहँदा शासकके गोली बर्साएर संविधान जारी गरेको दिन अझै हाम्रो मानसपटलमा ताजै रहेको उनको भनाई थियो ।
लोसपाका नेता परमेश्वर साहले संविधानमा मधेशी जनताको अधिकार सुनिश्चित नगरिएकोले आफूहरुले असोज ३ लाई कालो दिनको रुपमा मनाउँदै आएको बताए । उनले संविधान संशोधन गर्नुपर्ने, झुठा मुद्दाहरु खारिजी गर्नुपर्ने, मधेशीलाई प्रताडित गर्ने काम बन्द गर्नुपर्ने लगायतका माग आफूहरुको रहेको बताए । यी मागहरु पूरा नभएसम्म असोज ३ लाई कालो दिनकै रुपमा प्रत्येक वर्ष मनाई रह्ने नेता साहले बताए ।