Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

पत्रकार महासंघको निर्वाचन फेरी स्थगित

प्रदेश तथा जिल्ला अध्यक्षहरुरको भेला गर्ने तयारी





काठमाडौं ।
नेपाल पत्रकार महासंघको निर्वाचन फेरि पनि स्थगित भएको छ । तेस्रो पटकसम्म तोकिएको मितिमा महासंघको निर्वाचन हुन नसकेको समयमा महासंघका अध्यक्ष विपुल पोख्रेलले राजीनामा दिएपछि महासंघका बरिष्ठ उपाध्यक्ष रमेश विष्ट नेतृत्वको टिमले असोज १२ गतेका लागि मिति तोकिएकोमा फेरि पनि निर्धारित मितिमा निर्वाचन हुन नसक्ने भएपछि निर्वाचन स्थगित भएको हो ।
महासंघका ५६ जिल्ला शाखाका अध्यक्षले असोज १२ गतेका लागि तोकिएको महासंघको निर्वाचन स्थगित गर्नुपर्ने र प्रदेश तथा जिल्ला अध्यक्षको भेला बोलाउनुपर्ने भन्दै संयुक्त रुपमा विज्ञप्ती जारी दवाब दिएपछि महासंघ तोकिएको मितिमा निर्वाचन गर्न असफल भएको हो ।
असोज १२ गतेका लागि निर्वाचन तय भएर पनि निर्वाचन कार्यतालिका सार्वजनिक भइसकेको थियो भने मतदाता नामावली समेत सार्वजनिक भइसकेको थियो ।
नेपाल पत्रकार महासंघको विधानको धारा ३५मा निर्वाचन समिति र कार्यविधिको व्यवस्था रहेको छ । धारा ३५ को उपधारा ७ मा हरेक तेस्रो वर्षमा निर्वाचन हुने व्यवस्था छ । औचित्य पुष्टि हुने गरी विशेष अवस्था उत्पन्न भएमा केन्द्रीय समितिले ३ वर्ष पुगेको दिनदेखि पहिलो पटक बढीमा ६ महिना भित्र निर्वाचनकालागि अर्को दिन तोक्ने व्यवस्था छ ।
यसरी मिति तोक्दा पनि विविध कारणले काबु बाहिरको अवस्था सिर्जना भई निर्वाचन गर्न असम्भव भएमा प्रदेश र जिल्ला अध्यक्ष सम्मलित राष्ट्रिय भेला आयोजना गरेर त्यसै भेलाको निर्णयबाट समितिले गरेका काम कारवाहीबारे आवश्यक निर्णय गर्नुका साथै बढीमा ६ महिनाभित्र निर्वाचन गर्ने गरी मिति तोकिने व्यवस्था छ ।