Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

१६ देशका लागि राजदूतको नाम अनुमोदन, दुई सांसदले जनाए असहमति





काठमाडौं ।
संसदीय सुनुवाइ समितिले १६ जना राजदूतको नाम बहुमतबाट अनुमोदन गरेको छ ।
श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको नाम भने अनुमोदन हुन बाँकी छ । समितिका सभापति ईश्वरी न्यौपानेका अनुसार, श्रीलंकाका लागि प्रस्तावित राजदूत भट्टराईको कागजात नपुगेकाले नाम अनुमोदन हुन नसकेको हो । ‘कागजात मगाउन निर्देशन दिएका छौं, आएपछि अनुमोदन हुन्छ’ निर्णय सुनाउँदै सभापति न्यौपानेले बताइन् ।
बहुमतबाट नाम अनुमोदन भएको राजदूतमा पनि दुई सांसदले फरक मत दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका डोलप्रसाद अर्याल र जनता समाजवादी पार्टी, नेपालका प्रकाश अधिकारीले केही राजदूतहरुको नाममा फरक मत राखेका हुन् ।
अर्यालले दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत कपिलमान श्रेष्ठ, इजरायलका लागि प्रस्तावित राजदूत धनप्रसाद पण्डित र मलेसियाका लागि प्रस्तावित राजदूत नेत्रप्रसाद तिम्सिनालाई राजदूत बनाउन नहुने मत राखेका थिए ।
सांसद अधिकारीले यी तीन देशका लागि प्रस्तावित राजदूतसँग भारतका लागि प्रस्तावित डा. शंकर शर्माको नाममा असहमति राखेका हुन् । तर दुई सांसदको असहमति हुँदा पनि बहुमतबाट प्रस्तावित राजदूतहरुको नाम समितिले अनुमोदन गरेको छ ।