Breaking 
विदेह नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र साहलाई सुरक्षा धम्की, ४ दिनदेखि कार्यालय जानबाट बञ्चित | नयाँ दिल्ली रेलवे स्टेसनमा १८ जनाको ज्यान जानेगरी भएको भागदौडपछिका तस्बिरहरु | पोखरामा भएको बेलुन विस्फोट घटना अनुसन्धान गर्न ८ सदस्यीय छानवीन समिति गठन | फागुन ११ अगाडी अध्यादेशहरु संसदमा पेश नगरिने लगभग निश्चित | सत्ता पक्षका सचेतकहरुको बैठकमा जसपा नेपाल किन अनुपस्थित भयो ? | स्टार बलरहरुबिना च्याम्पियन्स ट्रफी, चोटले परेशान भारतीय र अष्ट्रेलियन टोली | झापामा प्रहरी कार्यालयभित्रै सई मृत फेला | सुनको मूल्य २ हजार ७ सयले घट्यो | निजामती र शिक्षा विधेयक अगाडि बढाउने सत्तारुढ दलको निर्णय | बाराको सुधारकेन्द्र अनुशासनिक कारबाही अस्वीकार गरेपछि भएको कुटपीटमा परेर मण्डलको मृत्यु भएको खुलासा |

क्रिस गेल र शादिह अफ्रिदीलाई पछि पार्दै गुलसनले बनाए विश्व किर्तिमान





काठमाडौं ।
नेपालका युवा अलराउण्डर गुलसन झाले क्रिस गेल र शाहिद अफ्रिदीलाई पछि पार्दै विश्व कीर्तिमान बनाएका छन् ।
आईसीसी विश्वकप लिग–२ मा गुलसनले ओमानविरुद्ध पाँच विकेट लिनुका साथै ५० माथि रन बनाउँदै ओडीआईमा कम उमेरमा यो सफलता हात पारेका हुन् । उनले १८ वर्ष २१४ दिनमा उक्त सफलता हात पारे । यसअघि सन् २००० मा पाकिस्तानका अब्दुल रजाकले २० वर्ष ५० दिनमा भारतविरुद्ध बनाएको कीर्तिमान तोडिएको हो ।
पाकिस्तानकै शाहिद अफ्रिदीले २००० मा इंग्ल्यान्डविरुद्ध २० वर्ष २४० दिनमा उक्त सफलता हात पारेका थिए । वेस्टइण्डिजका क्रिस गेलले २००३ मा २३ वर्ष २५३ दिनमा अष्ट्रेलियाविरुद्ध तथा २०२३ मा नेदरल्यान्ड्सका बास डि लिडेले २३ वर्ष २३३ दिनमा स्कटल्यान्ड एकै ओडीआई खेलमा ५ विकेट लिनुको साथै ५० माथि रन बनाएका थिए ।
गुलसन लिग–२ मा एकै खेलमा ५ विकेट र ५० माथि रन बनाउने पहिलो खेलाडी पनि बनेका छन् । उनी ओडीआई इतिहासमा एकै खेलमा ५ विकेट र ५० माथि रन बनाउने विश्वकै २४ औं खेलाडी हुन् ।
ओडीआईमा सबैभन्दा पहिला सन् १९८७ मा वेस्टइण्डिजका भिभियन रिचर्ड्सले एकै खेलमा ५ विकेट लिनुका साथै ११९ रनको शतकीय इनिङ न्युजिल्यान्डविरुद्ध खेलेका थिए ।