Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

संविधान पुनर्लेखनको माग गर्दै सडकमा ‘राजेन्द्र महतो’





काठमाडौँ ।
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति नेपालले संविधान दिवसको बिरोधमा राजधानी काठमाडौँमा सडक प्रदर्शन गरेको छ । ‘असोज तीन कालो दिन’ भन्दै सो पार्टीका नेता कार्यकर्ताहरुले माइतीघरमा प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सरकारले सडक विस्तारबारे गरेको निर्णयको पनि उनीहरुले विरोध गरेका छन् । प्रदर्शनपछि आयोजित सभामा अध्यक्ष महतोले संविधान पुनर्लेखनको माग गरेका छन् । महतोले एकल राष्ट्रिय राज्यको चरित्रलाई बदलेर नेपाललाई बहुल राष्ट्रिय राज्यको रूपमा घोषणा गर्नु आवश्यक भइसकेको बताउँदै त्यसका लागि संविधान संशोधन नभई पुनर्लेखन गर्नुपर्ने बताए ।
२०७२ असोज ३ गते संविधान जारी हुँदा मधेसीको छातीमा गोली ठोकिएको भन्दै उनले अहिलेको संविधान रक्तरञ्जित संविधान रहेको दावी गरे । सीमांकन हेरफेर, नागरिकताको समस्या समाधान, समान जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण, राष्ट्रियसभामा जनसंख्याको आधारमा प्रतिनिधित्व, विभिन्न राष्ट्रिय भाषामा सरकारी कामकाज, अधिकार सम्पन्न प्रदेश लगायतका माग आफूहरूले राखेको तर त्यसलाई बेवास्ता गरी संविधान जारी गरेको महतोले आरोप लगाए ।