Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

सिके राउतको पत्नी सिन्धु शान्ति सुरक्षाको माग गर्दै निवेदन दिन प्रहरी कार्यालय पुगिन्





काठमाडौँ ।
जनमत पार्टीका अध्यक्ष सीके राउतको पत्नी सोनी सिन्धुले शान्ति सुरक्षाको माग गर्दै निवेदन लिएर प्रहरी कार्यालयमा पुगेकी छन् । श्रीमान राउतकै कारण आफू असुरक्षित महशुस गरिरहेको भन्दै सिन्धु ललितपुरस्थित प्रहरी प्रभाग इमाडोलमा पुगेकी हुन् । यद्यपि प्रहरीले आफ्नो निवेदन लिन लिन नमानेको उनले आरोप लगाइन् ।
प्रहरी वृत्त सातदोबाटोका डीएसपी चित्र भट्टराईले सोनी सिन्धुले दिएको निवेदन लिन आफूले मातहतलाई भनेको जानकारी दिए । उनले भने, ‘मैले प्रभाग इमाडोललाई निवेदन लिनु भनेको छु ।’
राउतले पनि यसअघि नै प्रहरीमा शान्ति सुरक्षाको निवेदन दिएका थिए । उनीहरूको मुद्दा अदालतमा विचाराधीन छ । राउतले पत्नीसँग छोडपत्र माग गरेर अदालतमा रिट दायर गरेका छन् । तर राउतले संचारमाध्यमहरुमा आफूबिरुरद्ध भ्रामक समाचार सम्प्रेषण गरिएको भन्दै केही संंचारमाध्यम तथा संचारकर्मीहरु बिरुद्ध उजुरी समेत दिएका छन् ।