Breaking 
रविन्द्र मिश्रलाई ३ लाख धरौटीमा छोड्ने आदेश | गृहका १७ सहसचिव र उपसचिवको सरुवा, १० जिल्लाका सीडीओ हेरफेर (सूची) | प्रतिनिधिसभा बैठक बिहीबारसम्मका लागि स्थगित | त्रिविको सिनेट २२ असारमा, नीति तथा कार्यक्रम र बजेट पेस हुने | हाम्रो मागलाई सुनिदिनुपर्‍यो : रास्वपा पार्टीका प्रवक्ता एवं सांसद मनिष झा | धरानका मेयर-उपमेयरबीच विवाद चर्कियो | संघीय लोकतान्त्रिक मोर्चाको कार्यविधि तयार, सचिवालय जनता प्रगतिशील पार्टीको कार्यालयमा रहने | मधेसक बजेटकेँ श्रोतक आधार कमजोर | पर्साको यातायात कार्यालयका अधिकृत कमलराज गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा | जी–सेभेन बैठकको निश्कर्ष– इरान क्षेत्रीय अशान्तिका साथै आतंकको असली श्रोत |

सिके राउतको पत्नी सिन्धु शान्ति सुरक्षाको माग गर्दै निवेदन दिन प्रहरी कार्यालय पुगिन्





काठमाडौँ ।
जनमत पार्टीका अध्यक्ष सीके राउतको पत्नी सोनी सिन्धुले शान्ति सुरक्षाको माग गर्दै निवेदन लिएर प्रहरी कार्यालयमा पुगेकी छन् । श्रीमान राउतकै कारण आफू असुरक्षित महशुस गरिरहेको भन्दै सिन्धु ललितपुरस्थित प्रहरी प्रभाग इमाडोलमा पुगेकी हुन् । यद्यपि प्रहरीले आफ्नो निवेदन लिन लिन नमानेको उनले आरोप लगाइन् ।
प्रहरी वृत्त सातदोबाटोका डीएसपी चित्र भट्टराईले सोनी सिन्धुले दिएको निवेदन लिन आफूले मातहतलाई भनेको जानकारी दिए । उनले भने, ‘मैले प्रभाग इमाडोललाई निवेदन लिनु भनेको छु ।’
राउतले पनि यसअघि नै प्रहरीमा शान्ति सुरक्षाको निवेदन दिएका थिए । उनीहरूको मुद्दा अदालतमा विचाराधीन छ । राउतले पत्नीसँग छोडपत्र माग गरेर अदालतमा रिट दायर गरेका छन् । तर राउतले संचारमाध्यमहरुमा आफूबिरुरद्ध भ्रामक समाचार सम्प्रेषण गरिएको भन्दै केही संंचारमाध्यम तथा संचारकर्मीहरु बिरुद्ध उजुरी समेत दिएका छन् ।