Breaking 
मैथिली कथा गोष्ठी सम्पन्न | तीनकुने घटनाबारे मानव अधिकार आयोगको अनुसन्धान पूरा, प्रतिवेदन सार्वजनिक गर्ने तयारी | २५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा सम्वाद सम्पन्न | मधेसका पूर्वमन्त्री विजय यादव र बागमती नगरपालिकाका तत्कालिन नगरप्रमुखविरुद्ध अख्तियारद्वारा फेरी अर्को मुद्दा दर्ता | रवि लामिछानेको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश | एमालेको ७६ जिल्लामा अधिवेशन सम्पन्न, धनुषाको विवाद अझै सल्टिएन, जेठ ७ गते मतदान गराउन निर्देशन | चर्चा शैक्षिक हबकेँ मा अवकाशप्राप्त शिक्षक चन्देश्वरलाल कर्ण, उहाँले भन्नुभयो – राराब क्याम्पकमा पढाइ र परीक्षा प्रणालीमा आदर्श स्थापित गर्नुपर्छ | स्थानीय तहहरुले पुँजीगत खर्च बढाउन सकेन, ४ अर्ब बढी कानूनविपरित गरे रकमान्तर | पाइलट शौचालयमा जाँदा सह–पाइलट बेहोस, १० मिनेटसम्म पाइलटबिनै उडी रह्यो विमान | कुकुर एक मात्र प्राणी जे अपनासँ बेसी अहाँके प्रेम करैत अछि |

‘काठमाडौँमा पानी पर्यो कि जनकपुरधाममा छाता ओढ्नुपर्ने राजनीतिको अन्त्य हुनु पर्छ’





जनकपुरधाम ।
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले प्रदेश सरकारहरुले प्रादेशिक मुद्दाहरुलाई एजेण्डा बनाएर अगाडी बढ्नुपर्नेमा जोड दिएका छन् । जनकपुरधाम विमानस्थलमा संचारकर्मीहरुसंग कुरा गर्दै नेता ज्ञवालीले प्रदेश सरकारहरुले प्रादेशिक मुद्दालाई महत्व दिए संघियता कार्यान्वयन सहज हुने बताए ।
केन्द्र हल्लियोे कि प्रदेश पनि हल्लिने परिपाटीका कारण अहिले संघियता कार्यान्वयनमा समस्या देखिएको उनले बताए । काठमाडौँमा पानी पर्यो कि जनकपुरधाममा छाता ओेढ्ने परिपाटीको अन्त्य गरौँ, उनले भने ‘राष्ट्रिय राजनीतिमा राष्ट्रिय मुद्दा चल्नुपर्ने हो, प्रदेशमा प्रादेशिक राजनीतिक चल्नु पर्ने हो तर कस्तो भएको छ भने राष्ट्रिय राजनीति थोरै हल्लियो कि त्यसको प्रभाव प्रदेशमा पनि पर्ने गरेको छ, जुन नहुनुपर्ने हो ।’ प्रदेश सरकारहरुले प्रादेशिक मुद्दालाई स्थापित गर्दै जाला त्यसमा आफू विश्वस्त रहेको ज्ञवालीले बताए ।
उनले वर्तमान संविधानको विपक्षमा मधेस केन्द्रित दलहरु रहेको आफूले नदेखेको बताए । दुई वटा निर्र्वाचनमा ती दलहरु सहभागी भई सकेका छन्, विभिन्न सरकारमा सहभागी पनि छन्, उनले भने ‘मधेका दलहरुको संविधानको केही बुँदामा असन्तुष्टी छन् त्यो असन्तुष्टी संविधान कार्यान्वयनकै क्रममा हटाउन सकिन्छ ।’