Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

संविधान दिवसको अवसरमा मधेस सरकारको प्रभातफेरी





जनकपुरधाम ।
मधेश सरकार गठन भएको ८ वर्षपछि प्रदेश सरकारले पहिलो पटक औपचारिक रुपमा विभिन्न कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाएको छ ।
मधेसको गृह संचार तथा कानून मन्त्रालयको आयोजनामा आज बिहान रामानन्द चौकबाट प्रभातफेरी निकाली बाजागाजासहित महेन्द्रनारायण निधी मिथिला संस्कृति केन्द्रमा पुगेर कोणसभामा परिणत भएको थियो । प्रभातफेरीमा मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डल, गृह संचार तथा कानून मन्त्री राजकुमार लेखीलगायतका मन्त्री, सुरक्षा निकायका प्रमुख, विभिन्न कलेजका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
मधेस सरकारद्वारा संविधान दिवसको अवसरमा आयोजित प्रभातफेरीमा मुख्यमन्त्री सतिशकुमार सिंहलगायत केही दलका मन्त्रीहरु भने अनुपस्थित थिए । यद्यपि महेन्द्रनारायण निधी मिथिला संस्कृति केन्द्रमा आयोजित मुख्यमन्त्री सिंह सहभागी भएका थिए ।