जनकपुरधाम ।
मधेश सरकार गठन भएको ८ वर्षपछि प्रदेश सरकारले पहिलो पटक औपचारिक रुपमा विभिन्न कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाएको छ ।
मधेसको गृह संचार तथा कानून मन्त्रालयको आयोजनामा आज बिहान रामानन्द चौकबाट प्रभातफेरी निकाली बाजागाजासहित महेन्द्रनारायण निधी मिथिला संस्कृति केन्द्रमा पुगेर कोणसभामा परिणत भएको थियो । प्रभातफेरीमा मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डल, गृह संचार तथा कानून मन्त्री राजकुमार लेखीलगायतका मन्त्री, सुरक्षा निकायका प्रमुख, विभिन्न कलेजका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
मधेस सरकारद्वारा संविधान दिवसको अवसरमा आयोजित प्रभातफेरीमा मुख्यमन्त्री सतिशकुमार सिंहलगायत केही दलका मन्त्रीहरु भने अनुपस्थित थिए । यद्यपि महेन्द्रनारायण निधी मिथिला संस्कृति केन्द्रमा आयोजित मुख्यमन्त्री सिंह सहभागी भएका थिए ।